Comments Add Comment

क्यान्सर पीडित हेमुको उपचारका लागि आफन्तको याचना

४ साउन, काठमाडौं । कालीकोट सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १, सेरिज्यूलाका नवराज गिरीले आफ्नो क्यासर पीडित भाईको उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।

१२ बर्षीय भाई हेमराज गिरीलाई ब्लड क्यान्सर भएको छ ।

आमाबुवाले समेत बेवास्ता गरेका हेमराजलाई सुर्खेतमा चेकजाँचका क्रममा क्यान्सर भएको डाक्टरले आशंका गरेपछि काठमाडौं रिफर गरिएको हो ।

काठमाडौंको कान्तिबाल अस्पतालमा उनलाई भर्ना गरियो । तर, आर्थिक अभावले उपचार भएको छैन ।अस्पतालले डिस्चार्ज गरिदिएको छ ।

‘बुवा वीरबहादुर गिरीले दोस्रो बिहे गरी सौतेनी आमासंग छुट्टै बस्ने गरेको र आमाले दोस्रो बिहे गरी अर्कैसंग घरजम गरेपछि जेठा बुवाको घरमा बस्ने गरेका छौं , नवराजले भने, ‘भाई केही समय अघिदेखि बिरामी थियो । तर उसको उपचार हुनसकेको थिएन । धेरै विरामी भएपछि उपचारका लागि घरबाट सुर्खेत ल्याईयो , चेकजाँच गर्दा भाईलाई डाक्टरले काठमाडौं लिन सुझाव दिनुभयो । काठमाडौंमा चेकजाँच गर्दा ब्लड क्यान्सर भएको थाहा भयो ।’

उनका अनुसार बुवा र सौतेनी आमाले बिरामी भाईलाई वेवास्ता गर्दा झन् समस्या भएको छ ।

कालीकोटबाट सुर्खेत र सुर्खेतबाट काठमाडौंसम्म ल्याउन र उपचार गर्नमा सुर्खेतका मिलन कार्कीले सहयोग गरेका छन् । ‘अब आर्थिक अभाव भएको छ,’ सहयोग गरेका मिलनले गुनासो गरे-‘डाक्टरले पनि डिस्चार्ज गरिदियो के गर्ने अहिलेसम्म सहयोग गरियो अझैं उपचार गर्न आर्थिक सहयोगको याचना गर्दछौं ।’

‘अस्पतालका डाक्टरहरुले ८-९ लाख खर्च लाग्छ भने’, नवराजले भने, ‘त्यत्रो रकम कसरी जम्मा गर्ने अलमलमा परियो । कसैले सहयोग गरिदिए भाईको उपचार हुने थियो ।’

कान्तिबाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.कैलाश शाहका अनुसार गिरीलाई इन्डियामा लगेर उपचार गर्नुपर्ने भएको छ ।

क्यान्सर पीडित हेमराजको बोनम्यारो अर्थात हड्डीभित्रको मासी नै बदल्नु पर्ने डाक्टरले भनेका छन् । तर, उपचारका लागि आर्थिक नभएको नवराजले बताए ।

आर्थिक सहयोग गर्न इच्छुकले उपचारमा सहयोग पुर्‍याउन मिलन कार्कीको मोबाईल नम्बर ९८४१३९५०५० र क्यान्सर पीडितका दाई नवराज गिरीको मोबाईल नम्बर ९८४४८९१६५६ मा सम्पर्क गरी काठमाडौंको महाराजगंजमा रहेको मेगा बैंकको शाखा कार्यलयमा रहेको खाता नम्बर ०२०००५००८५२६७ मा रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment