Comments Add Comment

यसरी प्राप्त गर्न सकिन्छ यौन सुख, के छ प्राकक्रिडाको महत्व ?

धेरैजसोले भन्ने गर्छन्, यौनमा सन्तुष्ट पाइएन । कतिले ‘सिघ्रस्खलनको समस्या भएको’ बताउँछन्  । कोहि गुनासो गर्छन्, ‘मेरो पार्टनरलाई यौन सम्पर्कमा रुची भएन ।’ कसैलाई लिंग सानो भयो भन्ने भ्रम त कसैलाई योनीद्वार खुकुलो भयो भन्ने पीर । दम्पतीको यौन जीवनमा यस्ता अनेकन गुनासोहरु सुनिन्छ ।

भनिन्छ, दम्पतीबीचको कलह शयन कक्षबाट सुरु हुन्छ । यौन असन्तुष्टिले नै पती-पत्नीमा मनमुटाव ल्याउने हो । भ्रम पैदा गर्ने हो । तर अधिकांशले गर्ने भूल के भने, आफ्नो यौन जीवन किन खल्लो हुन्छ भनेर घोत्लिदैनन् । बरु, पार्टनरलाई दोष दिइरहेका हुन्छन् । किनभने समस्याको जरा हामीभित्रै छ ।

यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ  । जुन यौन क्रियामा भावना हुदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ । यस किसिमको सम्बन्धले सेक्स एडिक्सनलाई जनाउँछ । खासगरी कामवासनाले ग्रस्त व्यक्तिहरु यस किसिमको प्रवृत्ति हुन्छ । अहिले यौन बिकृति र सेक्स एडिक्सनको संख्या बढ्दै गएको पाइन्छ ।

वैदिक कालदेखि नै यौनको चर्चा

यौन क्रिया अनादि कालदेखि चल्दै आएको यस्तो पक्रिया हो, जसले सृष्टिलाई चलायमान बनाइरहेको छ । त्यसैले त हाम्रा ऋषिमुनीहरुले यौनलाई महत्व दिदै त्यसको विधी र प्रक्रियाको बारेमा व्याख्या, विश्लेषण गरेका छन् ।

महार्षि  वात्यासनले कामसुत्रको रचना गरेका थिए, जो विश्वको प्रथम यौन सहिंता हो । यो ग्रन्थको रचना इशाको तृतिय सताब्दीमा भएको विश्वास मानिन्छ । यसले के कुरा पुष्टि गर्छ भने विश्वमा कामसुत्रको बर्चश्व सत्र शताब्दीदेखि छाएको थियो । संसारको कैयौं भाषामा यसको अनुवाद छ ।

रजनिशलाई यौनको महान व्यख्याता मानिन्छ । उनले यसैको सेरोफेरोमा एक पुस्तक लेखेका थिए, ‘सेक्स से समाधी और’ । यौनलाई चरम आनन्दको अनुभूत गर्ने माध्यामको रुपमा अर्थ्याएका थिए, रजनिशले ।

यौन ‘छाडा कुरा’ होइन

यौन छाडा कुरा होइन, न बर्जित नै । तर, यसको आफ्नो सीमा र प्रक्रिया छ । यौनलाई त्यती नै ग्रहण गर्नुपर्छ, जति हामीलाई प्रकृतिले दिएको छ । यौनमा अति लिप्त हुनुले विकृत मानसिकताको संकेत गर्छ । यसले यौन हिंसा, बलात्कार जस्ता कुकर्म गर्न उक्साउँछ । यौन त्यसबेला छाडा हुन्छ, जहाँ कसैमाथि बर्बतपूर्वक शारीरिक सम्पर्क गर्ने चेष्टा राखिन्छ ।

यौनको विधी छ, समय छ र स्थान छ । कुन बेला यौन सम्पर्क गर्ने, कहाँ गर्ने, कसरी गर्ने भन्ने कुराको खोज र अभ्यास सदियौंदेखि हुँदै आएको छ । त्यसैले जतिसुकै बेला, जहाँपायो त्यही यौन सम्पर्कका लागि उत्साहित हुनु वा त्यस्तो मानसिकता राख्नु चाहि ‘छाडापन’ हो ।

प्रकृतिले समेत यौनका लागि निश्चित समय दिएको छ । चराचर जगत यौनमै अडिएको छ तर, एउटा प्रक्रियाभित्र रहेर । चराचुरुङ्गी, किरा फट्याङ्ग्रा, जीवजन्तु नाङ्गै हुन्छन् । तर, जतिबेला पनि उनीहरु यौनमा लिप्त हुँदैनन् । एउटा निश्चित समय आउँछ, जतिबेला उनीहरु यौन क्रियामा सहभागी हुन्छन् । तर, सृष्टिको सर्बश्रेष्ठ प्राणी भएर पनि मान्छे यौनमा अराजक छन् ।

जबकी हाम्रो धर्म, संस्कार आदिले यौनलाई नियमन गर्ने प्रयास गरेको छ । पूजा आजा, तिर्थ, ब्रत, उपवास आदिको माध्यामबाट यौन क्रियालाई सहि बाटोमा डोहोर्‍याउन खोजिएको छ । तर, हामीले यसको मर्मलाई बुझेका छैनौ ।

यौनमा असन्तुष्टिको कारण के हो ?

१. जब तपाईले यौनको बारेमा बुझ्नुहुन्न, तपाईको यौन जीवन खल्लो हुन्छ । किनभने यौन शारीरिक क्रिया मात्र होइन । अर्थात लिंग र योनीबीचको घर्षणबाट मात्र यौनआनन्द प्राप्त हुने होइन ।

२. विधी, प्रक्रियागत ढंगले यौन क्रियामा सहभागी नहुदा त्यसबाट यौन आनन्द मिल्दैन ।

३. तनाव, शरीरिक पीडा आदिले यौन सुख मिल्दैन । हतारमा, भयमा गरिने यौन क्रियाको खास अर्थ छैन ।

४. हर्मोनको परिवर्तन, पाटेघरको संक्रमण, यौन रोगको कारण कति महिलाको लागि यौन क्रिया पीडादायी बन्ने गर्छ । यस्तो अवस्थामा पुरुषले आफ्नो मात्र सन्तुष्टिलाई ख्याल गर्नु राम्रो होइन ।

कसरी प्राप्त गर्ने यौन सुख ?

यौनमा शारीरिक तथा मानसिक सहभागिता र सक्रियता चाहिन्छ । यसको लागि दुबै पार्टनर तयार हुनुपर्छ ।। यसको लागि निश्चित समय, स्थान पनि उपलब्ध हुनुपर्छ ।

के भनिन्छ भने, दाम्पत्य जीवन त्यसबेला उमंगमय बन्छ, जब पति-पत्नी यौनमा एकअर्काको परिपुरक बन्न सक्छन् । यौन शरीरका पाँचै इन्दि्रयले अनुभूत गर्नुपर्छ । योनीको मिलन एवं घर्षण संभोग हो । यसको अन्तिम परिणति चरमोत्तकर्ष एवं स्खलनमा हुन्छ ।

यौन सुख प्राप्त गर्नका लागि सबैभन्द पहिला त मानसिक र शारीरिक रुपमा दुबै पार्टनर इच्छुक हुनु नै हो । त्यसपछि विधिपूर्वक गरिने यौन क्रियाले सन्तुष्ट दिने बताइन्छ । यौन प्रक्रिया सुरु गर्नुअघि सरसफाई अति आवश्यक हुन्छ । कतिपयले त नुहाइसकेपछि मात्र यौन क्रियामा सहभागी हुन्छन् ।

यौन क्रिया सुरु गर्नुअघि अपनाउने विधी, यौन आसन जस्ता कुराले यौन सन्तुष्ट हासिल गर्न सकिन्छ, जो सदियौदेखि अभ्यास हुँदै आएको छ ।

सहि किसिमको प्राकक्रिडाले यौन क्रियामा चरम सन्तुष्ट दिलाउँछ । अक्सर पुरुषको तुलनामा महिलाहरुलाई चरम सुखको स्थितीमा पुग्न अलि बढी समय लाग्छ । यौन सुख अर्थात संभोग क्रियाको समयमा चरम सुख प्रँप्त हुनु धेरै आनन्ददायक हुन्छ । यसलाई स्वर्गिय सुख पनि भनिन्छ । जुन सवै मानिले भोग्न चाहन्छ ।

 प्राकक्रिडा

यौन सम्पर्क वा यौनाङ्गको मिलन हुनुअघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलापलाई प्राकक्रिडा भनिन्छ । यसलाई अंग्रेजीमा फोर प्ले भनिन्छ । प्राकक्रिडा यस्तो पूर्व तयारी हो, जसले यौन क्रियामा संलग्न हुन दुबै पार्टनरलाई उत्प्रेरित गर्छ ।

जस्तो रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, शृंगाररसयुक्त ठट्टालाई प्राकक्रिडा भनिन्छ । एकअर्काको नितम्ब, स्तन, ओंठ, तिघ्रा जस्ता संवेदनशिल अंग सुमसुम्याउने, चुम्बन गर्ने प्रक्रिया यसभित्र पर्छन् । यो क्रिया त्यसबेलासम्म जारी राख्नुपर्छ, जबसम्म यौनका लागि दुबै तयार हुदैनन् ।

१. उत्तेजक एवं कामुक देखिने परिहन लगाउने ।

२. यौनसँग सम्बन्धित कुराकानी गर्ने, ठट्यौली गर्ने ।

३. अहिले एकअर्काको मोवाइलबाट सेक्स च्याट पनि गर्न सकिन्छ । यद्यपी कुराकानीपछि त्यसलाई डिलिट गरिहाल्नुपर्छ ।

४. यौनजन्य पुस्तक पढ्ने, चित्र वा फिल्म हेर्ने ।

५. एकअर्काको भित्री बस्त्र खोलिदिने ।

६. बाथटपमा वा वाथरुपमा एकसाथ नुहाउने ।

७. आपसमा संवेदनसिल अंगहरु चलाउने, खेलाउने, चुम्बन गर्ने ।

केहि तथ्य

– यौन शक्ति बढाउनका लागि विर्यको शुद्धता, सुक्राणुको बृद्धि हुनुपर्छ ।

– मानसिक तनाव, प्रदूषित वातावरण, कामको बोझ आदिले यौन जीवन फिका बन्दै गएको छ ।

– महिला र पुरुष मिलेर संभोग गर्छन् । तर, उनीहरुले यौनबाट लिने आनन्द र अनुभूति फरक हुन्छ ।

– यौन शारीरिक क्रिया हो तर, यसमा मानसिक उपस्थिती बढी चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment