Comments Add Comment

विद्युत बनेको एक वर्ष नपुग्दै गाउँमा अध्यारो

४ साउन, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-१३ सिउनमा रहेको भेरीखोला लघु जलविद्युत योजना निर्माण भएको एक वर्ष नपुग्दै सेवा बन्द भएको छ ।

आस्था नेपालबाट २२ लाख, तत्कालिन गाविसबाट १ लाख ५० हजार, जिबिसबाट १ लाख र अन्य संस्थाको सहयोग गरी जम्मा ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको भेरीखोला लघु जलविद्युत आयोजना १ वर्ष नपुग्दै बन्द भएको हो ।

आयोजनामा काठको खम्बा प्रयोग गरिएको र पुस-माघमा चलेको अत्यधिक हावाहुरीले ढालेकाले सेवा बन्द गरिएको स्थानीयले बताएका छन् ।

उत्पादित विद्युत सिउनगाउँ, सिउनबगर र रुकुमको मन्कागाउँ तथा मन्काबगरका स्थानीयले प्रयोग गर्दै आएका थिए ।

विद्युत सेवा सुचारुका लागि पक्की खब्बाको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment