Comments Add Comment

तलव भत्ता स्थानीय तहमा पुग्यो, कर्मचारी अझै पुगेनन्

कार्यकारी खोज्दै मेयर र उपमेयर मन्त्रालयमा


४ साउन, सिन्धुपाल्चोक । जिल्ला विकास समितिको कार्यालयमा पुग्दा अधिंकाश कर्मचारी अन्यौलमा थिए, कता जाने, के गर्ने ? कोही कर्मचारी भने ‘लाइन’ मिलाउन राजधानी हानिएका थिए ।

जिल्ला विकास समितिका कर्मचारी मात्रै होइन, अन्य सरकारी कार्यालयका कर्मचारी पनि अन्यौलमा छन् । विशेष गरी सदरमुकामबाट स्थानीय तहमा गाँभिने सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरु अन्यौलमा थिए ।

कर्मचारीहरु अन्यौलमै रहेको बेला अर्थ मन्त्रालयले भने स्थानीय तहमा गाँभिने सरकारी कार्यालयका कर्मचारीहरुको तलव भत्ता लगायत सेवा सुविधा स्थानीय तहमा पठाइसकेको छ ।

मन्त्रालय अन्र्तगत कोष तथा लेखा नियन्त्रण कार्यालयले आ.व २०७४/०७५ को प्रथम चौमासिक निकासा बिहीबारदेखि स्थानीय तहमा पठाउँदैछ ।

स्थानीय तह बाहेक स्थानीय तहमा गाँभिने शिक्षा, स्वास्थ्य, कृषि र पशु कार्यालयको पहिलो चौमासिक बापतको तलव भत्ता लगायतका सेवा सुविधा स्थानीय तहमा पठाएको हो ।

कार्यालयले कार्यक्रम नै गरेर स्थानीय तहमा पहिलो चौमासिक किस्ता पठाउने तयारी गरेको छ ।

‘पहिलो चौमासिक किस्ता बिहीबारदेखि स्थानीय तहमा पठाउँदैछौं’ प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद निरौलाले भने, ‘कर्मचारीहरुलाई जता खटाएको छ त्यहाँ जानुपर्छ ।’

यस्तो छ स्थानीय तहमा पठाइएको पहिलो चौमासिक निकाशा

१. मेलम्ची नगरपालिका १४,४५,२५,३३३ ।-
२. इन्द्रावती गाउँपालिका १०,१८,४८,३३४ ।-
३. बाह्रविसे नगरपालिका ८,८९,३१,६६७ ।-
४. हेलम्बु गाउँपलिका ८,०८,७०,००० ।-
५. लिंसखु पाखार गाउँपालिका ६,७३,२९,६६७ ।-
६. भोटेकोेशी गाउँपालिका ६,५९,०७,६६७ ।-
७. चौतारा साँगाचोकगढी नगरपालिका १५,४५,२१,३३३ ।-
८. सुनकोशी गाउँपालिका ७,६५,१४,००० ।-
९. जुगल गाउँपालिका ८,५४,३२,६६७ ।-
१०. त्रिपुरासुन्दरी गाउँपालिका ६,११,९२,६६७ ।-
११. पाँचपोखरी थाङपाल गाउँपालिका ८,२४,१३,६६७ ।-
१२. बलेफी गाउँपालिका ६,९०,६१,३३३ ।-

तलव भत्ता लगायत कर्मचारीहरुको सबै सेवा सुविधा स्थानीय तहमा पुगेपनि कर्मचारीहरु भने स्थानीय तहमा पुगेका छैनन् । यसअघि जिल्ला समन्वय समितिमा कार्यरतको कर्मचारी कुन तहमा जाने भनेर निर्णय गरिसकेपनि उसले कर्मचारी खटाउन सकेको छैन ।

जिल्ला समन्वय समितिमा कति कर्मचारी रहने, स्थानीय तहका कर्मचारीको व्यवस्थापन कसरी गर्ने, स्थानीय तहका अस्थायी कर्मचारीको व्यवस्थापन लगायतका विषयमा समस्या रहेको समितिका योजना अनुगमण तथा प्रशासकीय अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा आन्तरिक लेखा परीक्षण अधिकृतसहित चार जना अधिकृत रहेका छन् । उनीहरुको व्यवस्थापनमा पनि जिससलाई समस्या रहेको छ ।

प्राविधिक कार्यालय मातहातका कर्मचारीको पनि स्थानीय तहमा पठाउने विषयमा कर्मचारी समायोजना समितिले निर्णय गरिसकेपनि कर्मचारीहरुलाई अझै पत्र भने दिएको छैन ।

अन्यौलमा स्थानीय तह पनि

सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् । तर, एउटा स्थानीय तहको पनि आफ्नो कार्यालय छैन । विभिन्न कार्यालयका कर्मचारीहरु समेत स्थानीय तहमा नै समायोजन भएपछि कसरी व्यवस्थापन गर्ने समस्या गाउँपालिका र नगरपालिकालाई परेको छ ।

जिल्लाका तीन वटै नगरपालिका भाडाको घरमा सञ्चालन भइरहेका छन भने त्रिपुरासुन्दरी गाउँपालिका त अझै अस्थयी टहरोमा त्रिपालमुनी सञ्चालनमा छन् ।

भूकम्पपछि गाउँपालिका/नगरपालिका क्षेत्रमा पर्याप्त संरचना निर्माण नभएकाले घर पाउँनै समस्या भएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

शिक्षकहरुको तलब अब स्थानीय तहबाटै

जिल्लाका सबै विद्यालयका शिक्षकहरुको तलब अबदेखि स्थानीय तहबाट पाउनेछन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले यो चौमासिकमा शिक्षकहरुको तलव लगायत विद्यालयलाई जाने सबै सेवासुविधा स्थानीय तहमा पठाएको छ ।

‘तलवका लागि शिक्षकहरु सदरमुकाममा आउन पर्दैन’ प्रमुख कोष नियन्त्रणक लक्ष्मीप्रसाद निरौलाले भने, ‘पहिलो चौमासिकको तलब हामीले स्थानीय तहमा पठाएका छौं ।’ जिल्ला शिक्षा कार्यालयले पनि गाउँपालिका/नगरपालिका अन्र्तगत शिक्षकहरुको विवरण, विद्यालयको नाम लगायत सबै विवरण स्थानीय तहमा पठाइसकेको छ ।

कार्यकारी खोज्न मेयर र उपमेयर मन्त्रालयमा

स्थानीय चुनाव सकिएलगतै बाह्रविसे नगरपालिकाका कार्यकारी अधिकृत सरुवा भएर काठमाडौं गए ।

सुनकोशी गाउँपालिकाका कार्यकारी अधिकृत वासुदेव वडाल पनि चुनावको केही समयपछि नै सरुवा भए । वाषिर्क बजेट र नीति नियम बनाउनु पर्ने बेला कार्यकारी नभएपछि गाउँपालिका/नगरपालिकालाई निकै समस्या परेको छ ।

लामो समयदेखि नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि कर्मचारी पठाइदिनका लागि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपमेयर सुशिला पाखि्रन मन्त्रालय धाएको धेरै भएपनि अहिले सम्म प्रमुख आएका छैनन् ।

साउन सुरु भएसँगै कार्यकारी पठाउने मन्त्रालयले वचन दिएपनि नपठाएको उपमेयर पाखि्रनले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment