Comments Add Comment

तीजमा नरोकी नाच्ने नीताको उद्घोष


नायिका नीता ढुंगानाले यो तीजमा नरोकी नाच्ने उद्घोष गरेकी छिन् । गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाचेकी छिन् ।

तीज पर्व आएसँगै नेपाली कलाकार र गायक-गायिकाको व्यस्तता पनि बढ्ने गर्दछ । नीता पनि अहिले तीजको गीतमा मोडलिङ गर्न व्यस्त छिन् ।

यो गीतमा दीपक शर्माकै शब्द तथा संगीत छ । शिव वीकले निर्देशन गरेको यो भिडियोलाई रविन बीकले सम्पादन गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment