Comments Add Comment

घुँडामा समस्या भएपनि शाहिदले पुरा गरे बाचा

नायक शाहिद कपुरले घुँडामा समस्या भएपनि आफ्नो एउटा वाचा पुरा गरेका छन् । केही दिन अगाडि अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘आइफा अवार्ड’मा शाहिदले धमकेदार प्रस्तुती दिएका थिए ।

तर, त्यो प्रस्तुतीका लागि शाहिदलाई ठूलै कष्ट भोग्नुपर्‍यो । चलचित्र ‘पद्यमावती’को छायांकनका क्रममा शाहिदको घुँडामा समस्या उत्पन्न भएको थियो । जसकाकारण, शाहिदले औषधी खाएर आराम गरिरहेका थिए ।

उनै, शाहिदको यो समस्या आइफा अवार्डको तयारीका क्रममा पनि भयो । अवार्डको तयारीका लागि नृत्य गर्दै गर्दा उनको घुँडामा सोही समस्या उत्पन्न भयो । तर, शाहिद अवार्डमा नृत्य नगर्ने भन्दै पछि हटेनन् ।

उनका कोरियोग्राफरले केही गीत र स्टेप कटाइदिए । तर, पनि शाहिदले धमकेदार प्रस्तुती दिदै सबैलाई मनोरञ्जन दिए । घुँडामा समस्या भएपनि काम गर्ने शाहिदको यो शैली व्यवसायिक छैन त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment