Comments Add Comment

४० मिनेटसम्म मुटुको धड्कन बन्द हुँदा पनि जिउँदै !

४ साउन, काठमाडौं । कसैको मुटुको धड्कन बन्द भयो भने उसलाई मृत घोषणा गरिन्छ । तर, ४० मिनेटसम्म पनि मुटुको धड्कन बन्द भएर पनि बाँचेको चमत्कारिक उदाहरण यो संसारमा छ ।

उत्तर क्यारोलिना शहरका एक व्यक्तिको मुटुको धड्कन ४० मिनेटसम्म बन्द भयो । तर, उनी बाँचेका छन् ।

३६ वर्षीय जोन ओग्बर्न आफ्नो घरमा ल्यापटमा काम गर्दै थिए । उनलाई हृदयघात अर्थात् हार्टअट्याक भयो । आपतकालिन सेवा ९११ मा खबर पुगेपछि केहीबेरमै दुई जना उद्धारकर्मी उनको घरमा आए । प्रहरी अधिकारीहरुले लगभग ४२ मिनेटसम्म ओग्बर्नको मुटुको धडकन फर्काउने कोशिस गरे । उनीहरु यस कार्यमा सफल पनि भए ।

प्रहरी अधिकारीहरु लरेन्स गुइलर र निकोलिना बेजिकले ओग्बर्नलाई बचाउन सफल भए ।

ओग्बर्न भन्छन्- म पूरै फिट छु

डाक्टरहरुले ओग्बर्नलाई केही हप्तासम्म अस्पतालमा भर्ना गरेका छन् । उनलाई आगामी ६ महिनासम्म गाडी नचलाउन सुझाव दिएका छन् । ओग्बर्नले भने आफूले पूरै स्वस्थ महसुस गरेको बताएका छन् ।

ओग्बर्नले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘मभित्र यति धेरै ऊर्जा यसअघि कहिल्यै पनि थिएन । मैले ति प्रहरी अधिकारीहरुलाई जति धन्यवाद दिए पनि कमै हुन्छ ।’

हार्ट अट्याकमा सीपीआर अत्यावश्यक

अल्बामा स्कुल अप मेडिसिन युनिभर्सिटीका एसोसियट प्रोफेसर डा. माइकल कर्ज भन्छन्- मुटुको धडकन रोकिनासाथ यदि उच्चस्तरीय कार्डियोपल्मोनरी रिसस्किनेशन (सीपीआर) शुरु हुँदैन भने बाँच्ने सम्भावना १० प्रतिशत भन्दा पनि कम हुन्छ । उनका अनुसार उत्तर क्यारोलिनाको यो घटनाले यही सीपीआरको महत्वलाई देखाउँछ ।

अमेरिकामा हरेक वर्ष ३ लाख ५० हजार भन्दा धेरै व्यक्तिहरुलाई हार्ट अट्याक हुन्छ जसमा ९० प्रतिशत व्यक्तिको ज्यान जान्छ । यसको सबैभन्दा ठूलो कारण सही समयमा सीपीआर उपलब्ध नहुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment