Comments Add Comment

बंशाणुगत रोगः राजपरिवारलाई हृदयाघात, कोइरालालाई क्यान्सर

पूर्वराजा ज्ञानेन्द्रको मुटुमा ८० प्रतिशत अवरोध

  • फाइल तस्वीर

४ असार, काठमाडौं । तत्कालीन राजा महेन्द्र र कांग्रेस नेता वीपी कोइराला समानान्तर रेखामा क्रियाशील दूरदर्शी समकालीन राजनीतिज्ञ थिए । यीमध्ये महेन्द्रको निधन हृदयाघातका कारणले भयो । वीपीको निधनचाहिँ क्यान्सरका कारणले भयो ।

महेन्द्र र वीपीको जीवनलीला समाप्त पार्ने यी दुई ज्यानमारा रोगहरुले शाह बंश र कोइराला परिवारलाई अहिले पनि सताउन छाडेका छैनन् । दुबै खान्दानमा तीन पुस्तासम्म यीनै दुईखाले वंशाणुगत रोगले दुःख दिइरहेका छन् ।

तत्कालीन राजा महेन्द्रपछि शाह परिवारमा मुटुको समस्या वीरेन्द्र, ज्ञानेन्द्र हुँदै पारश शाहसम्म सरेको देखिन्छ । त्यस्तै कोइराला परिवारमा वीपी कोइरालादेखि नातिनी मनिषा कोइरालासम्म धेरैजना क्यान्सर पीडित बनेको देख्न सकिन्छ । स्व. सुशील कोइराला पनि क्यान्सरबाटै पीडित थिए ।

पूर्वराजाको बंशानुगत रोग

यदि परिवारमा कसैलाई मुटु सम्बन्धी समस्या छ भने त्यो समस्या परिवारका अन्य सदस्यलाई पनि हुन सक्ने र जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् । पूर्वराजाको उपचारमा संलग्न चिकित्सक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. यादव भट्टका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारमा पहिलेदेखि नै मुटुको समस्या रहँदै आएको छ ।

बुधबार मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । गत असार २३ गतेदेखि ७० वर्ष लागेका पूर्वराजा ज्ञानेन्द्रको छातीमा नियमित चेकजाँचका क्रममा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार उनी बुधबार अस्पताल भर्ना भएका हुन् । मुटुको धमनीमा समस्या देखिएपछि चिकित्सकहरुले एन्जियोप्लाष्टी गर्न सुझाव दिए । अब उनी केही दिन अस्पतालमै बस्ने छन् र त्यसपछि बैंकक जाने छन् ।

राजपरिवारका अन्य सदस्यहरु महेन्द्र, राजा वीरेन्द्रमा पनि मुटुको यस्तै समस्या थियो । मुटुको समस्याकै कारण महेन्द्रको अल्पायुमै निधन भएको थियो । तत्कालीन राजा महेन्द्रले आफ्ना भारदारहरुलाई भन्ो गरेका थिए कि हामीमा मुटुको समस्या छ, त्यसैले धेरै बाँच्दैनौं ।

महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रमा जस्तै पूर्वयुवराज पारस शाहमा पनि यसअघि नै मुटुको समस्या देखिँदै आएको छ । गत वर्ष मुटुमा समस्या देखिएकै कारण पारश शाह नर्भिक अस्पताल भर्ना भएका थिए । थाइल्याण्डमा रहँदै पारसलाई हदयाघात भएको थियो । उनी लामो उपचार पछि सामान्य जीवनमा फर्किएका हुन् ।

त्यसैगरी गत अप्रिल ८, ०१७ मा स्ट्रोककै कारण पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि नर्भिक अस्पताल भर्ना भएकी थिइन् । यसअर्थमा पूर्वराजपरिवारमा मुटु रोगसम्बन्धी समस्या वंशाणुगत जस्तै देखिन्छ ।

पूर्वराजाका निजी चिकित्सक मुटु रोग विशेषज्ञ डा. किशोर राणाका अनुसार पहिले पनि एन्जियोप्लाटी गरिसकेको उनको मुटुमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । र, त्यही समस्याका कारण उनको नियमित चेकजाँच हँुदै आएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब-करिब तीन वर्ष पहिले पनि स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । सन् २०१४, सेप्टम्बर १७ मा हृदयाघात भएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । त्यसबेला पनि एन्जीयोप्लाष्टी गरी मुटुको धमनीमा स्टेन्ट राखिएको थियो । चिकित्सकका अनुसार त्यतिबेला स्टेन्ट राखिएको ठाउँ र अहिलेको बेग्लाबेग्लै स्थान हो ।

मुख्य धमनीमा ८० प्रतिशत अवरोध

गत हप्ता मुटुमा दुखाइ बढेपछि पूर्वराजा ज्ञानेन्द्र तथा पत्नी कोमल शाह नर्भिक अस्पताल पुगेका थिए । यस क्रममा चेकजाँच गर्दा पूर्वराजाको मुटुको एउटा धमनीमा समस्या भएको शंका लागेपछि एन्जियोग्राफी गरिएको थियो ।
‘जाँचका क्रममा के-के गर्नुपर्छ गर्नु भन्ने हुकुम भएपछि हामीले एन्जियोप्लाष्टी गर्ने निधो गर्‍यौं’, पूर्वराजा ज्ञानेन्द्रका निजी चिकित्सक डा. राणाले भने ।

बुधबार बिहान करिब १०ः३० बजे डा. यादव भट्ट लगायतको टोलीले पूर्वराजाको मुटुमा एन्जियोप्लाष्टी गरेका थिए । हाल पूर्वराजाको स्वास्थ्य सामान्य अवस्थामा रहेको अस्पतालले औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पूर्वराजालाई २ देखि ३ दिनभित्र डिस्चार्ज गरिने नर्भिक अस्पतालले जानकारी दिएको छ । त्यसपछि पूर्वराजाको बैंकक जाने कार्यक्रम छ ।

करिब एक हप्ताअघि शंका लागेर गरिएको एन्जियोग्राफीका क्रममा मुटुको मुख्य धमनीमा ८० देखि ८५ प्रतिशत अवरोध देखिएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै बुधबार एन्जियोप्लाष्टी गरी मुटुमा स्टेन्ट राखिएको चिकित्सकहरुले बताएका छन् ।

सामान्य हिँड्डुल गर्ने र धुमपान पूर्ण रुपमा त्यागिसकेका पूर्वराजा ज्ञानेन्द्रको तौल समेत यथास्थानमा रहेको र उनमा मधुमेह, उच्च कोलस्ट्रोलको समस्या पनि खासै नदेखिएको चिकित्सक बताउँछन् । ‘सबै कुरा यथास्थानमा र सामान्य अवस्थामा हुँदाहँुदै पनि मुटुमा समस्या देखिनु भनेको वशांणुगत नै हो’, डा. भट्टले भने ।

यो पनि पढ्नुहोस्

हृदयाघात सम्बन्धी केही भ्रमपूर्ण धारणा

सजग होऔं ! सानै उमेरमा बन्नसक्छ मुटुमा ब्लक

तपाईको मुटुको चाल ठीक त छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment