Comments Add Comment

आजका पत्रिकाका फ्रन्टपेजः पहिरोका पीडादेखि चीन-भारत बढ्दो तनावसम्म

५ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई आफ्नो फ्रन्टपेजमा स्थान दिएका छन् ।

आजको कान्तिपुर दैनिकले धादिङको गंगाजमुना गाउँपालिका अन्तर्गत गर्ने एक वस्ती नै पहिरोको जोखिमका कारण विस्थापित भएको समाचारलाई प्रमुखताका साथ फ्रन्टपेजमा छापेको छ । त्यस्तै १ खर्वका चेक लेनदेन कुर्दै शीर्षकमा अर्को समाचार पनि कान्तिपुरको फ्रन्टपेजमा प्रकाशित छ ।

अन्नपूर्ण पोस्टले भने पश्चिम नेपालको छाउ प्राथा बारेको समाचार आजको अंकमा पनि फ्रन्टपेजमा प्रकाशन गरेको छ । त्यस्तै टटेलिफोन सेवा प्रदायक कम्पनी युनियलले अर्बों कर नतिरे सेवा बन्द गरिने समाचारलाई पनि उसले फ्रन्टपेजमा छापेको छ ।

काठमाडौंका सडकको कालोपत्रेमा गुणस्तरहीन काम गरेर ठेकेदारले करोडौं भुक्तानी लिएको समाचारलाई आजको नागरिक दैनिकले महत्व दिएको छ । त्यस्तै उसले मतदाता शिक्षामा ७५ करोड खर्चिएको समाचारलाई पनि फ्रन्टपेजमा छापेको छ ।

आजको नयाँ पत्रिका दैनिकले दुई ठूला छिमेकी चीन र भारतबीच तनाव बढेको र यसले नेपाललाई धेरै असर गर्नेबारेको समाचारलाई महत्व दिएको छ ।

आज काठमाडौंबाट प्रकाशित सबै अखवारले पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको दोस्रो पटक शल्यक्रियाबिारेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment