Comments Add Comment

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन अन्तिम चरणमा

५ साउन, काठमाडौं । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि लामो समयदेखि चर्चामा रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारले अन्तिम तयारी गरेको छ ।

सम्बभतः बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले पाँच सदस्यीय क्षेत्र निर्धारण आयोग गठन गर्ने एक मन्त्रीलाई उदृत गर्दै आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने संबैधानिक ब्यवस्था छ ।

संविधानले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेकोमा अहिलेसम्म स्थानीय चुनाव पनि सम्पन्न भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment