Comments Add Comment

आजका पत्रिकामा कार्टून

५ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक अखबारले कार्टून प्रकाशित गरेका छैनन् । कान्तिपुर, अन्नपूर्ण पोस्ट र आर्थिक अभियान दैनिकले मात्र कार्टून प्रकाशित गरेका छन् ।

आजको कान्तिपुरमा काठमाडौंका सडकको दुरावस्थाबारे महानगरपालिकालाई व्यंग्य गर्दै अविनको कार्टून प्रकाशित गरेको छ ।

त्यस्तै अन्नपूर्ण पोस्टले मन्त्री बन्नका लागि भइरहेका मोलमोलाई र कृपाबादलाई ब्यंग्य गर्दै बासु क्षितिजको कार्टून प्रकाशित गरेको छ ।

र, अभियान दैनिकले गाडी र इन्धनसहित सडकपनि बिदेशबाटै आयात गर्दा सहज हुने भन्दै रोहनको कार्टून प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment