Comments Add Comment

जितबिहीन हुँदै नेपाल एएफसी यू-२३ छनौटबाट बाहिरियो

५ साउन, काठमाडौं । सबै खेलमा पराजित हुँदै नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनौट चरणबाट बाहिरिएको छ ।

छनौट प्रतियोगिताको समूह डी मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा गएराति लेवनानसँग दुई शून्यको पराजय ब्यहोर्‍यो । यसअघिमा दुई खेलमा नेपाल पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।

तीन खेलमा ९ गोल खाएको नेपालले कुनै गोल गर्न सकेन । नेपालले आयोजक युएईसँग ५-०, उज्वेकिस्तान र हिजो भएको खेलमा लेवनानसँग २-० गोलले पराजित भयो ।

लेवनानबिरुद्धको खेलको २९ औं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । नेपाली डिफेन्डसले क्लियर गर्न नसकेको बललार्इ लेवलानका हसान कुरानीले गोलमा परिणत गरेका थिए । नेपालले दोस्रो गोल खेलकाे नियमित समयको अन्तिममा खाएको हो । कुरानीले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल दुई शून्यले पराजित भयो ।

यो समुह बाट तीनै खेल जित्दै उज्वेकिस्तान फाइनल चरणका लागि छनौट भएको छ भने दुइ खेल जित्दै उपविजेता बनेको युएइको पनि संभावना कायमै छ । नेपाल र लेवलानले भने छनौछ चरण पार गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment