Comments Add Comment

यू-१९ विश्वकप छनौटः नेपाल र अफगानिस्तानबीचको खेल जारी

टस जितेर नेपाल फिल्डिङ गर्दै

५ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ । अहिलेसम्म अफगानिस्तानले २१ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाएको छ ।

नेपालका लागि शाहव आलम र पवन सर्राफले एक एक विकेट लिएका छन् । उनीहरुले अफगानिस्तानका ओपनरहरु नविन ओवाइद र इब्राहिम जर्दानलाई क्रमसः ३३ र ४३ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका हुन् ।

यसअघिका दुवै खेलमा पहिलो फिल्डिङ गरेको नेपालले विपक्षीलाई सस्तैमा अलआउट गर्न सफल भएको थियो । तर टेष्ट मान्यताप्राप्त अफगानिस्तानसँग भने नेपालले औषत प्रदर्शन गरिरहेको छ ।

नेपालले यसअघि पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ७३ र दोस्रो खेलमा मलेसियालाई ५८ रनमा समेटेको थियो । नेपालले दुवै खेलमा जित हात पारेको थियो । बलिङमा उच्च प्रदर्शन देखिएपनि नेपालको ब्याटिङ लाइनले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन ।

राउण्ड रोविन लिगका आधारमा भइरहेको छनौट प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग दुई दुई खेल खेल्नेछन् । पहिलो चरणको लिग आज सकिनेछ ।

दुई चरणको खेलपछि समूहको बिजेताले न्युजिल्याण्डमा अर्को वर्ष हुने आइसीसी यू-१९ विश्वकपमा सहभागिता जनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment