Comments Add Comment

सुर्खेतका बाढी प्रभावितका लागि आएको ७ करोड फ्रिज

५ साउन, सुर्खेत । सुर्खेतका बाढी प्रभावितलाई वितरणका लागि आएको १० करोडमध्ये ७ करोड १ लाख रकम फ्रिज भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृत पर्शुराम पराजुलीले बाढी प्रभावितलाई २ करोड ९९ लाख रुपैयाँ मात्रै वितरण गरिएको जानकारी दिए ।

राहत रकम लिने प्रक्रिया झण्झटिलो भएको भन्दै पीडितहरू नै राहतका लागि सम्पर्कमा नआउँदा उनीहरूको नाममा आएको बजेट फ्रिज भएको हो ।

पीडितहरुले आफुहरुलाई तिन किस्तामा नभई एकमुष्ट रुपमा नै रकम दिए जग्गा किनेर लालपुर्जा बनाउन सक्ने बताएका छन् ।

तीन किस्तामा राहत रकम दिइने भएकाले सरकारले पूर्णकालीन र आवास क्षति भएकाहरुका लागि फरक फरक व्यवस्था गरेको थियो ।

जग्गा भएका तर घर निर्माणका लागि निवेदन दिएका उनीहरूसँग जग्गाको लालपुर्जा नहुँदा रकम पाउनबाट वञ्चित भएका छन् ।

२०७१ साल साउनको अन्तिम साता आएको बाढी पहिरोबाट सुर्खेतका ९ सय ७० घरपरिवार विस्थापित भएका थिए । जसमध्ये २ सय ५५ आवास क्षति र ७ सय १५ घरपरिवार पूर्ण रुपमा क्षति भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment