Comments Add Comment

कांग्रेसले केन्द्रीय समिति बैठक २ दिन अघि सार्‍यो

५ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक २ दिन अघि सारेको छ ।

यसअघि साउन ९ गते बस्ने भनिएको बैठक २ दिन अघि सारेर साउन ७ गतेलाई निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक ७ गते बिहान ८ बजेलाई निर्धारण गरिएको जानकारी दिए ।

समसामयीक राजनीतिक परिस्थितिमा छलफल गरेर छिटो निर्णयमा पुग्नुपर्ने भएकाले बैठक २ दिन अघि सारिएको पौडेलले बताए ।

केन्द्रीय समितिको बैठकमा सरकार सञ्चालन र आगामी चुनावबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment