Comments Add Comment

यू-१९ विश्वकप छनौटः जितका लागि नेपाललाई १९१ रनको लक्ष्य

५ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानबाट १९१ रनको विजय लक्ष्य पाएको छ ।

सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अल आउट हुँदै १९० रन बनायो ।

नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।

टेष्ट मान्यता प्राप्त अफगानिस्तानको युवा टोलीसामू नेपालको बलिङ आक्रमण प्रभावकारी बन्न सकेन । राम्रो सुरुवात गरेको अफगानिस्तानको पहिलो विकेट १५.३ ओभरमा शाहव आलमले लिएका थिए । उनले ओपनर इव्राहिम जर्दानलाई ४३ रनको स्कोरमा आउट गराए ।

त्यसको दुई ओभरपछि अर्का ओपनर नविद ओवाइदलाई पनि पवन सर्राफले ३३ रनको स्कोरमा पेविलियन पठाए ।

तेस्रो नम्बरका तारिक स्टाक्निजाईले २७ रन बनाए । २७ ओभरमा १११ रन हुँदा तेस्रो विकेट गुमाएर अफगानिस्तानबिरुछ त्यसपछि नेपाली बलरहरु क्रमसः हावी भए ।

नेपालका शाहव आलामले ३ विकेट लिए भने पवन सर्राफ र कप्तान सन्दिप लामिछानेले दुई दुई विकेट लिए । किशोर महतो र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

यसअघिका दुवै खेलमा पहिलो फिल्डिङ गरेको नेपालले विपक्षीलाई सस्तैमा अलआउट गर्न सफल भएको थियो ।

नेपालले यसअघि पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ७३ र दोस्रो खेलमा मलेसियालाई ५८ रनमा समेटेको थियो । नेपालले दुवै खेलमा जित हात पारेको थियो । बलिङमा उच्च प्रदर्शन देखिएपनि नेपालको ब्याटिङ लाइनले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन ।

राउण्ड रोविन लिगका आधारमा भइरहेको छनौट प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग दुई दुई खेल खेल्नेछन् । पहिलो चरणको लिग आज सकिनेछ ।

दुई चरणको खेलपछि समूहको बिजेताले न्युजिल्याण्डमा अर्को वर्ष हुने आइसीसी यू-१९ विश्वकपमा सहभागिता जनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment