Comments Add Comment

एनआइसी एशियाको नाफा १ अर्ब ४६ करोड, कति दिनसक्छ लाभांश ?


५ साउन, काठमाडौं । गत आव २०७३/७४ मा एनआइसी एशिया बैंकको नाफा ३७.७५ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ६ करोड रहेको थियो ।
बैंकको खुद व्याज आम्दानी भने २९.६५ प्रतिशतले बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १४ करोड ४७ लाख रुपैयाँ, अन्य सञ्चालनबाट ५७ करोड २८ लाख र बिदेशी मुद्राको कारोबारबाट बैंकले १८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बैंकले यसअघि नोक्सान वापत राखेको ४२ करोड ७९ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १५ करोड १३ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.३६ प्रतिशत रहेको छ भने प्रावधान ३ सय ७१ प्रतिशत गरेको छ ।बैंकको चुक्ता पुँजी ६ अर्ब ६९ करोड पुगेको छ ।

चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफल घटेको देखिदैन । यो दर १७ प्रतिशत छ । तर प्रतिसेयर आम्दानी भने घटेको छ । प्रतिसेयर आम्दानी २२ प्रतिशतमा सिमित छ । बैंकको सञ्चिती ३ अर्ब ४९ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १७.३४ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ । अघिल्लो पटकको सञ्चितीमा बाँड्न योग्य रकम भए लगानीकर्ताले लाभांश बढि पाउन सक्छन ।

बैंकको निक्षेप संकलन २४.७६ प्रतिशतले बढेर ८६ अर्ब र कर्जा लगानी २२ प्रतिशतले बढेर ७१ अर्ब पुगेको छ । बैंकले कोर पुँजी र निक्षेपको जोडमा कर्जा अनुपात (सीसीडी) रेसियो प्रस्तुत नगरेर कर्जा र निक्षेपको अनुपात (सीडी) मात्र पेश गरेको छ । सीडी रेसीयो ७६.३४ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बैंक रेट ११.२७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.९५ रहेको छ ।

बैंकको कर्मचारी लागत ३० करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि २४ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ९४ करोड, ओभर ड्राफ्ट शीर्षकमा २९ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment