Comments Add Comment

दया र स्वेताको हाँसोमा लुकेकी ‘कान्छी’


नायिका स्वेता खड्कालाई दर्शकले चलचित्र ‘कोहिनुर’ पछि पर्दामा देखेका छैनन् । ‘कोहिनुर’ रिलिज लगतै नायक श्रीकृष्ण श्रेष्ठको निधन भयो । यसपछि, पत्नी स्वेता विक्षिप्त बनिन् । केही बर्षपछि अब स्वेता चलचित्रमा र्फकदै छिन् । स्वेतालाई निर्देशक आकाश अधिकारीले ‘कान्छी’ चलचित्रमा अभिनय गराउँदैछन् । यो चलचित्रलाई स्वेता आफैले निर्माण गर्दैछिन् ।

स्वेताको जोडीको रुपमा चलचित्रमा नायक दयाहाङ राई देखिदैछन् । दयाले अफर आएका सबै चलचित्रमा काम गर्दा उनको स्टारडम निकै कमजोर बनेको छ । दया अहिले ब्रेक लिइरहेका छन् । तर, पनि दर्शकले दयालाई पत्याउन छाडेको केही महिना भैसकेको छ ।

तर, निर्देशक आकाश अधिकारी र निर्मात्री तथा नायिका स्वेता खड्का ‘कान्छी’मा दयाको स्टारडमको परिक्षण गर्ने मुडमा छन् । यो चलचित्रको छायांकन साउनको अन्तिम साताबाट सुरु हुने पक्का भएको छ । पुरुषोत्तम प्रधानले चलचित्रलाई खिच्नेछन् ।

‘कान्छी’को पूर्व तयारीमा रहेका दया र स्वेताको अनुहारमा छुट्टै प्रकारको मुस्कान देखिएको छ । यी दुइको पूर्व तयारीको मुस्कान चलचित्रको बक्स अफिसमा पनि देखियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment