Comments Add Comment

अर्घाखाँचीमा जीप दुर्घटना, एकको मृत्यु, २ घाइते


५ साउन, अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिका-४ पटौटी कुडाँपानीमा लु १ ज १७९५ को जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जीपका चालक पाल्पा छहरा धजाबान्नेका ताराबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको पाल्पाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए ।

मैदानको अमजाबाट बिहीबार विहान बुटबलका लागि छुटेको जीपमा ३ जना सवार थिए ।

मालिक लेखबहादुर राष्कोटी र मैदानका टिकाबहादुर राष्कोटी घाइते भएको र उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
जीप बाटोबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment