Comments Add Comment

‘धनपति’ले सुरक्षालाई के दियो ?


इन्जिनियर बिषयकी विद्यार्थी सुरक्षा पन्तले’अझै पनि’बाट चलचित्रबाट रजतपटमा डेब्यू गरिन् । यो चलचित्रमा उनी सह-नायिकाको रुपमा प्रवेश गरेकी थिइन् ।

यो चलचित्र आशिंक रुपमा चल्यो, तर पनि सुरक्षाको अभिनयको चर्चा राम्रै भयो । उनै, सुरक्षाले दोश्रो चलचित्रको रुपमा ‘धनपति’मा काम गरिन् । दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने जस्ता सेलिव्रेटीको अगाडि चर्चामा आउन उनलाई त्यती सजिलो थिएन । तर, चलचित्र रिलिज भएपछि खगेन्द्रको भन्दा बढी उनको कामको चर्चा भैरहेको छ ।

चलचित्रले व्यवसायिक रुपमा औषत सफलता हासिल गरेपनि सुरक्षाको कामको प्रशंसा भयो । सुरक्षालाई धेरैले नायिका भन्दा पनि एउटा राम्रो अभिनय गर्न सक्ने कलाकारको रुपमा लिन्छन् ।

सुरक्षाले अभिनय गरेको अर्को चलचित्र ‘सुस्केरा’ रिलिजको तयारीमा छ । नेपाली चलचित्रमा दुई प्रकारका नायिका छन् । एउटा ठिकठाक काम गरेर पनि मिडियाबाजीमा रमाएर चर्चित हुने गरेका छन् । सुरक्षा भने मिडियावाजी भन्दा काममा बढी केन्दि्रत छिन् । ‘धनपति’ले दिएको नामलाई सुरक्षाले कती जोगाउने हुन्, यो उनको काम गर्ने तरिकामा निर्भर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment