Comments Add Comment

२४ वर्षीया संगीताको यात्रा : पत्रकारदेखि उपमेयरको कुर्सीसम्म


५ साउन,डडेलधुरा । एक वर्षअघि एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीको महाधिवेशनमा काठमाडौं आउँदा २३ वर्षीया संगीता भण्डारीले केन्द्रीय सदस्य बन्न जोडबल गरिन् । तर, सर्बसम्मतिबाट नेतृत्व चयन गर्दा संगीता अटाइनन् ।

निराश भएर डडेलधुरा फर्किएकी संगीता रेडियो पत्रकारितामै रमाइरहेकी थिइन् । तर, प्रेस चौतारीको केन्द्रीय सदस्य बन्न नपाएकी उनलाई एमालेले अमरगढी नगरपालिकाको उपमेयरको उम्मेदवार बनायो । कांग्रेसको गढका रुपमा रहेको अमरगढीमा संगीताको उम्मेदवारी धेरैले सान्त्वना मात्र मानेका थिए ।

तर यसपटक परिणाम उल्टियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको बेला ४ दिनसम्म मुकाम बनाएको अमरगढीमै कांग्रेस पराजित भयो । मेयर विपिन ओझासँगै संगीता पनि उपमेयरमा निर्वाचित भइन् ।

यसअघि २०४९ र २०५४ को दुवै स्थानीय चुनावमा सबै वडासहित प्रमुख-उपप्रमुख जितेको कांग्रसले यस पटक त्यो बर्चश्व गुमायो । यो चुनावी परिणामसँगै संगीता भण्डारीको समेत चर्चा भयो ।

आफू भन्दा दोब्बर उमेरकी कांग्रेस नेतृ पार्वती झुकाललाई हराउँदै एमालेकी २४ वर्षीया संगीता भण्डारी उपमेयर बनेपछि उनको परिचय अब भने फेरिएको छ ।

पत्रकारदेखि उपमेयरको कुर्सीसम्म

सानै उमेरमा आमा गुमाएकी भण्डारी अहिले युवकयुवतीको मात्र होइन सम्पूर्ण अमरगढीबासीको पि्रय पात्र बनेकी छिन् । डडेल्धुराको विकट गाँउ गाँङखेतमा आˆनो वाल्यकाल बिताएकी भण्डारी सानैदेखि पढाइमा अब्बल थिइन् । विद्यालयको पढाई र बक्तृत्वकलामा उनी सधै प्रथम हुने गरेको उनका बुुवा गोपालसिंह भण्डारी बताउँछन् ।

कक्षा १० बाट राजनीतिमा होमिएकी संगीताको राजनीतिक यात्रा अनेरास्वबियुमा आबद्ध भएर सुरु भएको थियो । त्सपछि माउन्टेन उच्च मावि (हाल बहुमुमुखी क्याम्पस) मा प्रविणता तह अध्ययन गर्दा गर्दै पत्रकारितामा आवद्ध हुनुका साथै प्रेस चौतारी नेपाल डडेल्धुरामा आबद्ध भइन ।

१८ वर्षकै उमेरमा वैवाहिक सम्बन्धमा जोडिएकी संगीताले छोरी, बुहारी, श्रीमतीको भूमिका निर्वाह गर्दै डडेल्धुरामा रहेको सामुदायिक रेडियो आफ्नो एफएमबाट २०६६ सालदेखि आफ्नो ८ वर्षे पत्रकारिता यात्रा तय गरिन् ।

केही वर्ष अन्य रेडियो तथा हिलटाइम्सको सम्बन्ध पश्चात हाल उनी सामुदायिक रेडियो युनिटीसँग आवद्ध थिइन् । रेडियो युनिटीको सञ्चालक समितिमा रहेकी उनी सोही रेडियोमा स्थानीय डोटेली भाषाको ‘बाडुल्के घुट्को ‘ नामक कार्यक्रम समेत सञ्चालन गर्थिन ।

नेपाल पत्रकार महासंघ डडेल्धुराकी सदस्य रहेकी भण्डारीे एमाले समर्थित पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालसँग आबद्ध थिइन र नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत थिइन् ।

तर, केही दिन अघिसम्म पत्रकार रहेकी तथा रेडियोमा बोल्ने संगीता अहिले स्थानीय सरकारको ‘न्यायाधीश’ बनेकी छन् ।

उपमेयरमा विजयी भएपछि खुसी हुँदै उनले भनेकी थिइन्-‘पहिले म पत्रकार र कुनै पार्टीसँग आवद्ध थिएँ, अब पार्टीको कार्यकर्ता नभई म आमनागरिकको प्रतिनिधि हो ।’ उनी भन्छिन-‘अमरगढी नगरलाईर् पर्यटकीय नगर बनाउने मरो सपना छ ।’ उनले अझै थपिन्,’सबैको इच्छा र सहयोगले जनताको नेता, स्थानीय सरकारको ‘न्यायाधीश’ बने ।’

८ वर्षे पत्रकारिताका क्षेत्रमा संर्घष गरेकी संगीताले थुप्रै सामाजिक समस्याहरु देखेको र महिलाका सवालमा आफू ‘फ्रन्ट लाइन’ मा बसेर ती सबै समस्याको समाधान गर्न तत्पर रहको बताउछिन ।

अमरगढी नगरपालीकामा पनि महिला पुरुषवीचको लैंगिक विभेद, बालविवाह तथा जातियविभेदको समस्या रहेकोमा आफू स्थानीय सरकारमा बसेर त्यसका विरुद्ध कदम चाल्ने अनलाइनखबरसंगको कुराकानिमा संगीता भण्डारीले भनिन् ।

संगीता भन्छिन-‘पढेलेखेका र समाजमा केही बुझ्ने व्यक्ती स्थानीय सरकारमा जाँदा केही प्रगति हुन्छ की भन्ने स्थानीयको अपेक्षालाई पूरा गर्न आफू चुनाव लडेको हु ।’

अबको ५ वर्षमा यस अमरगढी नगरलाई केही दिएर मात्र आफू बिदा हुने उनी बताउँछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment