Comments Add Comment

स्टेजमा विक्ने गीतमा खुमनको जोड

गीतसंगीत क्षेत्रमा हुने पाइरेसीका कारण बजारमा आएका गीतका क्यासेट तथा सीडी बिक्री बितरण शून्य छ । पाइरेसी बिरुद्ध नेपालमा क्रियाशिल गीतसंगीत क्षेत्रका संघसस्थाहरुले पटकपटक आवाज उठाएता पनि यसले सार्थकता भने पाउन सकेन् ।

फलतः लोक गायक/गायिकाहरुले देशभित्रै वा विदेशमा हुने स्टेज कार्यक्रमलाई आफ्नो आम्दानीको मुख्य श्रोत मान्ने गरेका छन् । हुन त पछिल्लो समय युट्युवबाट पनि प्राप्त हुने रकमले लोक गायक/गायिकालाई केही राहत भने अवश्य मिलेको छ ।

तर युट्युवबाट आउने रकम ज्यादै न्यून हुने हुँदा आफूहरुका लागि उक्त रकम ‘नखाउँ भने दिनभरिको शिकार’ भनेझैं भएको धेरै कलाकारको ठम्याइ छ । त्यसैले पनि कलाकारहरु रेकर्डिङ स्टुडियोपछि देश तथा विदेशमा हुने स्टेज कार्यक्रममै धेरै व्यस्त हुने गरेको पाइन्छ ।

यस्तै तीजे गायकको उपमा पाएका गायक खुमन अधिकारीले यसपालिको तीजमा जापान जाने कल्पना गर्दै गीत गाएका छन् । तीज नजिकिएसँगै रमाएका गायक अधिकारीले यस बर्षको तीजमा जापानका दिदीबहिनीहरुलाई छमछमी नचाउने भन्दै गीतमा आफ्नो भाव पोखेका छन् ।

तीज आएर रमायो मेरो मन
साथीसाथी गाउन र नाच्न लाएछन्
४/५ बर्ष अगाडी ज्यान दुबई कतार गयो, नाच्न गाउन साह्रै नै रमाइलो भयो
यसपालिको तीजमा जाने हो जापानको शहर, दिदीबहिनी सबैलाई नचाउने मेरो रहर

गीतमा उनलाई गायिका शान्ती सुनारले साथ दिएकी छन् । यस गीतमा जापानमा व्यवसायी गर्दै आएका कास्कीका दिनेश गुरुङ र स्मृति मोक्तानको शब्द रहेको छ भने लय गायक अधिकारीले नै भरेका छन् ।

प्रकाश भट्टको निर्देशन रहेको यो तीज गीतमा मोडल रश्मी तामाङ र केशव भट्टराईको मोडलिङ छ । यसपटक पनि १ दर्जनभन्दा बढी तीज बिशेष गीत गाएका अधिकारीले यस गीतले देशभित्रै र विदेशको स्टेज तताउनेमा ढुक्क छन् । गायक अधिकारी भन्छन्- हामी कलाकारका लागि आधार भनेकै स्टेज कार्यक्रम हो, त्यसैले समयको मागका कारण बिक्ने र टिक्ने गीतमा बढी जोड दिएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment