Comments Add Comment

पूर्वसांसद जोशीको निधनमा शोक प्रस्ताव पारित

५ साउन, काठमाडौं । व्यवस्थापिका संसदको पहिलो बैठकले पूर्वसांसद रामहरि जोशीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

जोशी २०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । शिक्षा र पर्यटन मन्त्रीसमेत बनेका जोशीको गत असार २९ गते राजधानीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

उनको निधनमा शोक प्रस्ताव पारित गरेपछि एक मिनेट मौनधारण पनि गरिएको थियो ।

त्यसपछि संसद बैठक आधा घण्टाको लागि स्थगित गरिएको थियो । लगत्तै बसेको दोस्रो बैठकको विशेष समयमा सांसदहरुले आफ्ना धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment