Comments Add Comment

कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ?

अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की । यो जुनसुकै औषधी पसलमा पाइन्छ, त्यो पनि कम मूल्यमै । त्यसैले अहिले असुरक्षित यौन सम्पर्क गर्ने क्रम बढेको छ । विभिन्न अध्ययनहरुले यसै भन्छ ।

खासगरी किशोरवय, जो बिद्यालयमा पढ्दैछन् त्यही बर्गमा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढिरहेको छ । यसको सकारात्मक पाटो भनेको, संभावित दुर्घटनालाई रोक्नु हो । अर्थात अनिच्छित गर्भधारणपछि हुने अनेक किसिमको समस्या, झन्झटहरुलाई यसले पार लगाइदिएको छ ।

तर, यसले भित्रभित्रै जटिल समस्या पनि निम्त्याउँदैछ ।

किनभने, आकस्मिक गर्भनिरोध चक्की जथाभावी र अधिक प्रयोग गर्नु हुँदैन । यसले क्षणिक रुपमा आफनो समस्या किनारा त लगाइदिन्छ, तर दीर्घकालिन रुपमा रोगी बनाउँछ ।

कसरी काम गर्छ चक्कीले

सामान्यतया  यस्ता चक्की आकस्मिक गर्भ नरहनको लागि बढी मात्रामा प्रयोग गरिन्छ । यस्ता चक्कीको मुख्य काम भनेको अण्डाको उत्पादन गर्न नदिने, सार्भाइकल म्युकसलाई बाक्लो बनाएर शुक्रकीटलाई भित्र छिर्न नदिने तथा पाठेघरमा अण्डा बन्न नदिने हो ।

त्यसमध्ये पनि विशेषगरी सहवासपछि पाठेघरमा अण्डा बस्न नदिनको लागि यस्ता आकस्मिक चक्कीको बढी प्रयोग गरिन्छ । स्ता चक्की सहवास बसेको १२० घण्टा अर्थात ५ दिनसम्म प्रयोग गर्न सकिन्छ ।
यस्ता चक्कीमा प्रोजेस्टेरोन नामक हर्मोनको बढी प्रयोग गरिएको हुन्छ । यस्ता हर्मोन महिनावारी हुँदा बढी प्रयोगमा आउँछ । महिलाको शरीरलाई एस्टेजेरोन रु प्रोजेस्टेरोन नामक दुईवटा हर्मोन हुन्छ । जुन प्रजननसित सम्बन्धित छ ।

किन हानिकारक ?

– यस्ता चक्कीमा प्रोजेस्टेरोन नामक हर्मोनको बढी प्रयोग गरिएको हुन्छ ।

– यस्ता हर्मोन बाहिरबाट प्रयोग हुनासाथ शरीरमा भएको हर्मोनको सन्तुलनमा असर पुग्छ । जसले गर्दा महिनावारी गडबडीको समस्या निम्तन्छ ।

– यस्ता चक्कीको अत्याधिक प्रयोगले महिलाको प्रजनन क्षमतामा असर पर्छ । शरीरका अरु हर्मोनलाई समेत यसले असर गर्छ ।

– महिलाको डिम्बासयमा सिस्ट हुने, गर्भपतन हुने, अचानक तौल बढ्ने, चिरचिराहटपन, थकान महसुस हुने लगायतका समस्या उब्जन्छ ।

यस्तो खतराबाट बच्न महिलाहरुले यस्ता चक्की आकस्मिक रुपमा गर्भ बस्न सक्ने अवस्थामा मात्र खानुपर्छ । गर्भ निरोधनका लागि बजारमा निलोकन, नरप्लाान्ट, तीन महिने सुई कपर्टी लगायत अन्य गर्भनिरोधनका साधन पाइन्छ । यस्ता साधनको नियमित प्रयोगले पाठेघरमा गर्भ बस्न दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment