Comments Add Comment

‘मेरी कुसुम’बाट आशावादी मोहन, भन्छन्-‘फिल्मले दर्शकको मन जित्छ’


भोली शुक्रबारबाट देशभरका हलमा चलचित्र ‘मेरी कुसुम’ रिलिज हुँदैछ । दुबइमा बस्दै आएका व्यवसायी मोहन बोगटीको निर्माण तथा अभिनय रहेको यो चलचित्रमा नायिका हर्षिका श्रेष्ठको पनि मुख्य भूमिका छ ।

चलचित्रलाई एक्सन-लभस्टोरी कथामा तयार पारिएको छ । यूएइका विभिन्न शहरमा यो चलचित्रको प्रदर्शन भैसकेको छ । यूएइमा रहेका मोहनले भने-‘यो चलचित्रले यूएइबाट नै ९० प्रतिशत भन्दा बढी लगानी सुरक्षित गरिसकेको छ । मलाई आशा छ, नेपालमा पनि चलचित्रले राम्रो व्यापार गर्नेछ ।’

कलाकार बोगटीले दुबइमा रहेका नेपालीले चलचित्रलाइ निकै मन पराएको भन्दै आफू चलचित्रबाट आशावादी रहेको बताए । मोहनले भने-‘यो मेरो पहिलो प्रयास हो । यसबाट आउने प्रतिक्रियाका अनुसार म अगाडि बढ्नेछु । यो चलचित्रले मेरो करिअरलाई धेरै नै फरक पार्नेछ ।’

उनका अनुसार, ‘मेरी कुसुम’ लभस्टोरी र एक्सनको मिश्रण हो । गाउँमा हुर्किएकी ‘कुसुम’ नाम गरेकी यूवती र एउटा धनाढ्य परिवारको केटाविच हुने प्रेमकथालाई चलचित्रले उठान गरेको मोहनले बताए ।

चलचित्रको गीत चर्चामा छ । यसैले, पनि नेपालबाट सुखद प्रतिक्रिया पाउनेमा मोहन ढुक्क छन् । चलचित्रलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment