Comments Add Comment

यी फलको बियाँ कति उपयोगीः मधुमेहदेखि क्यान्सरसम्म रोक्ने

कति फलका बियाँखानमा प्रयोग हुँदैन। फल खान्छौ, बियाँ खादैनौ । केहि यस्ता फल छन्, जसको बियाँ निकै उपयोगी हुन्छ, खासगरी स्वास्थ्यका दृष्टिले । जस्तो स्याउको कुरा गरौ, वा फर्सीको । मेवाको कुरा गरौ वा अनारको, बियाँको आफ्नै औषधिय गुण छ ।

मधुमेह नियन्त्रण गर्ने फर्सीको बियाँ

मुखमा घाँउ, खटिरा आउँदा होस् वा मुख नमिठो हुदाँ फर्सीको विउँ सेवन गर्न सल्लाह दिइन्थ्यो । औषधीको रुपमा निकै उपयोगी फर्सीको विउँ ग्याष्ट्रिक, मधुमेह लगायतका रोगमा निकै उपयोगी मानिन्छ । यसमा कयौ गुणहरु लुकेका छन्, जसले पेटदेखि मुटु रोगसम्म निको पार्ने क्षमता राख्छ । तर यसको लागि फर्सीको विउको सही तरीकाले उपयोग गर्नु जरुरी छ ।

कलेजो बचाउने मेवाको बियाँ


मेवा स्वादिलो लागेपनि बियाँमा हाम्रो जिब्रो अभ्यस्त छैन । धेरैले मेवाको बियाँ खाँदैनन् । यद्यपी यो औषधिय गुणले भरिपूर्ण हुन्छ । खासगरी मेवाको वियाँ कलेजोको समस्यामा लाभदायक हुन्छ ।
मेवाको वियाँमा पापिन नामको तत्व हुन्छ, जसले पाचन प्रणालीलाई सहयोग गर्छ । आन्द्रामा भएका किरा मारिदिन्छ । मृगौलालाई स्वस्थ्य राख्न पनि सहयोगी हुन्छ । यो प्राकृतिक गर्भनिरोधक पनि हो । यसले शरीरमा हुने कतिपय क्यान्सरका कोशिकालाई बढ्न दिदैन । यद्यपी दुध चुसाउने आमा र बालबालिकालाई भने बियाँ खुवाउनु हुँदैन ।

मुटु रोगबाट जोगाउने अनारको बियाँ


अनारको बियाँ भिटामिन सी, पोटासियम एवं फाइबरयुक्त हुन्छ । यसले मुटुरोग लाग्न दिदैन, मोटापन घटाउँछ साथै क्यान्सरको जोखिमबाट पनि मुक्त गराउँछ । यसमा क्यालोरी कम हुन्छ । अनारको बियाँलाई दहीमा राखेर मसला प्रयोग गरी सलादका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई अरू खाद्य पदार्थमा पनि प्रयोग गरी खान सकिन्छ ।

क्यान्सर प्रतिरोधी स्याउको वियाँ


स्याउको बियाँमा क्यान्सरबिरोधी तत्व हुन्छ । स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ । न्युटि्रसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment