Comments Add Comment

स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापन छिटो गर्न विकास समितिको निर्देशन

कार्यदल बनाउन समितिका सदस्यहरुको सुझाव

५ साउन, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले शैक्षिक जनशक्ति व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले सबै स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापनको काममा छिटो गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

जनशक्ति व्यवस्थापनको विषयलाई लिएर मन्त्रालयहरुवीच विवाद भइरहेका बेला विकास समितिले स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापनको काम छिटो सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो ।

सबै स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापनको काममा छिटो गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

विकास समितिले शैक्षिक जनशक्ति व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरु रहेको समन्वयात्मक कार्यदल बनाउन पनि सरकारलाई निर्देश गरेको छ ।

समितिले स्थानीय तहमा गुणस्तरीय शिक्षा दिने गरी जनशक्ति व्यवस्थापन गर्न पनि सम्बन्धित मन्त्रालयहरुलाई सचेत गराएको छ ।

बैठकमा बोल्दै शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले भने शिक्षा मन्त्रालयले शैक्षिक जनशक्ति व्यवस्थापनको काममा ढिलाई नगरेको दावी गरे ।

उनले स्थानीय तहको गुणस्तरीय शिक्षाका लागि मन्त्रालयले २१ वटा कार्यविधि नै तय गरेको पनि स्पष्ट पारे ।

बैठकमा समितिका सदस्यहरुले स्थानीय तहको शैक्षिक जनशक्ति व्यवस्थापनका लागि आवश्यक कार्यदल बनाएर अघि बढन सरकारसँग माग गरेका थिए ।

समितिका सदस्य टोपबहादुर रायमाझीले कार्यदल नै बनाएर सिनियर/जुनियर जनशक्तिको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे ।

समितिका अर्का सदस्य सीता गिरी ओलीले गुणस्तरीय शिक्षा दिनेगरी स्थानीय तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औल्याइन । उनले शैक्षिक जनशक्ति व्यवस्थापनको काममा ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरिन् ।

सरकारले ७ सय ४४ वटै स्थानीय तहमा शैक्षिक जनशक्ति व्यवस्थापनको काम अघि बढाउन सकेको छैन । जनशक्ति व्यवस्थापन गर्ने मापदण्ड बनाउने विषयमै सरकारवाला मन्त्रालयवीच विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment