Comments Add Comment

किन बन्द हुँदैछ नोकियाले स्थापना गरेको बहुमूल्य फोन बनाउने कम्पनी ?

बहुमूल्य रत्न, सुन तथा जवाहरत जडान गरिएका स्मार्टफोन बनाउने कम्पनी भर्च्यू बन्द हुँदैछ ।

लग्जरी फोन बनाउने यस बेलायती कम्पनी दुनियाभर चर्चित छ । कम्पनीले बनाएका स्मार्टफोनको मूल्य करोडौँ रुपैयाँ हुने गर्दछ ।

आर्थिक समस्या झेलिरहेको यस कम्पनी बन्द भएसँगै करीब दुईसय मानिस बेरोजगार हुनेछन् । यो कम्पनीलाई बचाउनका लागि अनेक प्रयास गरिए, तर सफल भएन ।

बजारको प्रतिस्पर्धा

भर्च्यू कम्पनीले उत्पादन गर्ने फोनमा केवल महंगा रत्न तथा धातू मात्र होइन महंगो लेदको पनि प्रयोग गरिन्थ्यो ।

प्रविधि विशेषज्ञहरुका अनुसार कम्पनीले बजारमा बढिरहेको तीव्र प्रतिस्पर्धा झेल्न सकेन । अन्य कम्पनीहरुले लग्जरी फोन सेग्मेन्टमा कैयन् सुविधाहरु दिने गरेका छन् जसले ग्राहकलाई आकषिर्त गर्दछ । तर यस कम्पनीले चाहीँ लग्जरी फोनमा सुविधाहरु थप गर्न सकेन ।

भर्च्यूको स्मार्टफोनको सिग्नेचर रेन्जको सुरुवात १५ लाख रुपैयाँदेखि सुरु भएर ५० लाख रुपैयाँसम्म हुन्थ्यो ।

बीबीसीसँग कुरा गर्दै कम्पनीका पूर्व प्रवक्ताले भनेका छन कि कम्पनी बन्द हुने प्रक्रियामा छ । यद्यपि म अहिले कम्पनीको कर्मचारी होइन । मेरो तलब बन्द भैसकेको छ ।

भर्च्यू कम्पनीका चिनियाँ मालिकले गत मार्च महिनामै यो कम्पनीलाई टर्किस मालिक हकन उजनलाई बेचेका थिए ।

भर्च्यूका लग्जरी स्मार्टफोनहरु ह्याण्डमेड हुन्थे र निकै कम संख्यामा मात्र यस्ता स्मार्टफोन बनाइन्थ्यो ।

अन्य लग्जरी फोन निर्माता कम्पनीहरुले आफ्ना ग्राहकलाई आफ्नो रुची अनुसारको रत्न वा पत्थर लगाउने विशेष सुविधा दिन्छन् । ग्राहकको रुची तथा खर्च गर्नसक्ने क्षमताको आधारमा उति नै मूल्य र प्रकारको पत्थर फोनमा जडान गरिदिन्छन् । तर भर्च्यूमा चाहीँ यो सुविधा छैन ।

भर्च्यूको स्थापना सन् १९९८ मा नोकियाले गरेको थियो । सन् २०१२ मा नोकियाले यो कम्पनी बेचेको थियो । तत् पश्चात यसले नोकियाको अपरेटिङ सिस्टम प्रयोग गर्न छाडेर एन्ड्रोइड अपरेटिंग सिस्टममा गएको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment