Comments Add Comment

ढलमा बगेर मृत्यु भएकी विनिताको नाममा अक्षय कोष

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले काठमाडौंको ढलमा बगेर मृत्यु भएकी विनिता फुयाँलको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । पीडित परिवारलाई सरकारले राहत दिनुपर्ने मागसमेत उनले राखेका छन् ।

नेपालटारस्थित ढलमा बगेर ७ वर्षीया बालिका विनिता फुयालको गत शुक्रबार मृत्यु भएको थियो । उनी युरेका माविमा अध्ययनरत थिइन् ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकको विशेष समयमा बोल्दै काठमाडौं क्षेत्रनम्बर ६ बाट निर्वाचित सांसद प्रधानले फुयालले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेर उनलाई जीवन्त बनाइराख्ने बताए । आफ्नो एक महिनाको तलब बराबरको रकमबाट अक्षय कोष स्थापना गर्ने र प्रत्येक वर्ष सो विद्यालयका विद्यार्थीहरुलाई विनिताको नामबाट पुरस्कार प्रदान गर्ने निर्णयमा आफू पुगेको उनले जानकारी दिए ।

बालाजुबाट मनमैजु हुँदै नेपालटार जाने सडकको बीच भागमै ठूल्ठूला भ्वाङ छन् । पानी पर्दा उक्त सडक जलमग्न हुने र धमिलो पानी भरिएपछि भ्वाङको पत्तो नहुने हुँदा यात्रुहरु ढलमा छिरेर ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ ।

सांसद प्रधानले सडक मर्मतमा ध्यान दिन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment