Comments Add Comment

भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’, सिमला तनावग्रस्त

५ साउन, काठमाडौं । प्रहरी हिरासतमै नेपाली युवकको मृत्यु भएपछि भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा हिंसा भडि्कएको छ ।

प्रदर्शनका कारण शहरको सबै पसलका साथै स्कुल र कार्यालयहरु समेत बन्द गरिएको छ । यो प्रदर्शन सामूहिक बलात्कारपछि १० वर्षीया बालिकाको हत्यासँग पनि जोडिएको छ ।

झण्डै दुई महिनाअघि सिमला नजिकैको कोथ्काईमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा स्थानीय प्रहरीले गम्भीर त्रुटी गरेको देखिएपछि राज्यको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले बन्द आहृवान गरेको छ ।

बलात्कार घटनाको छानविनका क्रममा प्रहरीले दुई नेपालीसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये नेपाली नागरिक सुरज कुमारको बुधबार शंकास्पद मृत्यु भएको छ । बलात्कार घटनाका मुख्य अभियुक्त मानिएका राजेन्द्र सिंहले जेलमै सुरजको टाउको भूईमा ठोक्कएर हत्या गरेको स्थानीयको दाबी छ ।

सुरजको हत्या भएको खबर सार्वजनिक भएलगतै आक्रोसित स्थानीयले कोथाई भन्ने स्थानमा पुलिस स्टेशनमा प्रवेश गरेर प्रहरीमाथि नै हातपातको प्रयास गरेका छन् ।

बलात्कार घटनाका मुख्य अभियुक्त राजेन्द्र धनाड्य परिवारका भएकाले प्रहरीले राम्रो अनुसन्धान नगरेको स्थानीयको आरोप छ ।

बुधबार मात्र हिमाञ्चल प्रदेशको उच्च अदालतले यो विषय केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले हेर्न आदेश दिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार पक्राउ परेका दुबै नेपाली कामदार हुन् । उनीहरुलाई दोषी देखाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बीजेपीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment