Comments Add Comment

महाकाली यातायात प्रमुखसहित सात जना निलम्बित, चोरीका गाडीलाई बैधानिकता दिएको आरोप

५ साउन, काठमाडौं । महाकाली अञ्चल यातायात कार्यालय प्रमुखसहित सात जनालाई सरकारले निलम्बन गरेको छ । भारतबाट चोरीका गाडी भित्राएर दर्ता गरी सञ्चालन गरेको भन्दै उनीहरुलाई यातायात मन्त्रालयले निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेहरुमा हेमन्तबहादुर सिंह, दिपक थापा, नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, केशवदत्त बडु, श्यामराज ओझा छन् । सिंह महाकाली अञ्चल कार्यालयका निमित्त प्रमुख हुन् ।

उनीहरुले चोरीका गाडीहरुलाई नेपालमा दर्ता गराएको पाइएपछि यातायात व्यवस्था बिभागले निलम्बन गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । ‘सचिवस्तरीय बैठकमा निलम्बन गर्ने निर्णय भएको छ,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment