Comments Add Comment

पुँजी वृद्धिको विवरण पेश पछि बीमा कम्पनीको कारोबारमा वृद्धि


५ साउन, काठमाडौं । बिमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बिमा समितमा पेश गरेसँगै सेयर बजारमा यी कम्पनीहरुको कारोबार भने बढेको छ ।

यसदिन रकमको आधारमा उच्च कारोबार हुने कम्पनीमा बीमा समूहबाट ६ वटा परेका छन् । मूल्य वृद्धिको आधारमा रहेका प्रमुख १० मा पनि ५ बिमा कम्पनी रहेका छन् । नेप्से परिसूचक भने १.५२ अंकले घटेर १६३५ विन्दुमा आइपुगेको छ ।

यस दिन बिमा समूहको परिसूचक पनि सबैभन्दा धेरै ७७ अंकले बढेको छ ।

सरकारले स्थानीय तहको लागि पठाएको रकम सरकारी बैंकमा नै जम्मा हुन बाँकी रहेको खबरहरु आएको छ । सरकारी बैंकमा रकम जम्मा भएपछि पनि पुँजी बैंकिङ प्रणालीमा समान दरमा आउन १ महिना लाग्ने बैंकरहरु बताउछन् । यही कारण बैंकको व्याजदर पनि एक महिनासम्म नघट्ने नेपाल बैंकर्स एशोसिएशनका अधिकारीहरुले बताएका छन् ।

बजार कर्जा योग्य लगानीको अभाव अन्त्य भइनसकेको कारण ठुला लगानीकर्ताहरुले खरिदारी बढाउन सकिरहेका छैनन् । यही कारण मंगलवार करिब डेढ अर्बको सेयर कारोबार भएको बजारमा विहीवार भने मात्रै ९६ करोडको सेयर कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment