Comments Add Comment

निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न एमालेको माग

५ साउन,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न सरकारलाई पुनः दवाव दिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै रावलले निर्वाचन क्षेत्र निर्धारण आयोगको कामलाई छिटो अघि बढाउने गरी आवश्यक नीतिगत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उपाध्यक्ष रावलले राष्ट्रिय सभा निर्वाचन कानुन छिटो बनाउन पनि सरकारसँग माग गरे ।

सत्तासाझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले स्थानीय तह कार्यकारी आदेशको भरमा चलाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय तहलाई कानुनको शून्यताको अवस्थामा पुर्‍याउने काम सरकारबाट भएकोमा आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment