Comments Add Comment

को हुन् भारतका १४ औं राष्ट्रपति रामनाथ कोविन्द ?

५ साउन, काठमाडौं । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्दको राष्ट्रपति बन्ने प्रक्रियाले बिहीबार औपचारिकता पाएको छ । उम्मेदवारीकै क्रममा उनको जित पक्का देखिएको थियो । र, बिहीबार औपचारिक घोषणा भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ७ लाख २ हजार ४४ अर्थात ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३ लाख ६७ हजार ३१४ अर्थात ३४.३५ प्रतिशत मत पाइन् ।

बिहारको राज्यपाल रहेका कोविन्दको नाम राष्ट्रपतिको उम्मेदवारीको दौडमा खासै चर्चामा थिएन । तर, वीजेपीले रणनीतिक रुपमा उम्मेदवार मात्र बनाएन, जिताएको पनि छ ।

को हुन् कोविन्द ?

रामनाथ कोविन्दको जन्म १ अक्टोबर १९४५ मा उत्तर प्रदेशको कानपुर देहातमा भएको थियो । उनले कानपुर युनिभर्सिटीबाट बीकम र एलएलबीको पढाई पूरा गरेका छन् ।

उनी दिल्ली हाई कोर्टमा १९७७ देखि १९७९ सम्म केन्द्र सरकारको वकिल रहेका थिए । १९८० देखि १९९३ सम्म केन्द्र सरकारको स्ट्ण्याडिङ काउन्सिलमा बसेर काम गरे ।

दिल्ली हाई कोर्ट र सुपि्रम कोर्टमा उनले १६ वर्ष वकालत गरे । १९७१ मा दिल्ली बार काउन्सिलमा मनोनित भए ।

१९९४ मा उनी उत्तर प्रदेशबाट राज्यसभाका लागि सांसद चुनिए । उनी १२ वर्षसम्म राज्यसभा सांसद रहे ।

सादगी जीवनका कारण पनि चिनिने उनले आफ्नो कानपुरको घर दानमा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment