Comments Add Comment

ठमेल र लेकसाइड चौबिसै घण्टा खुल्ने

काठमाडौंको ठमेल

५ साउन, काठमाडौं । सरकारले काठमाडौंको ठमेल र पोखराको लेकसाइड चौबिसै घण्टा खुल्ला गर्ने तयारी गरेको छ । ठमेल र लेकसाइड नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्येका हुन् ।

पर्यटन व्यवसायीहरुले सुरक्षा प्रवन्ध मिलाएर चौबिसै घण्टा खुल्ला गर्न माग गर्दै आएका थिए । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भने ठमेल र लेकसाइड क्षेत्र २४ सै घण्टा खुल्ला गर्ने गरी सुरक्षा प्रवन्ध मिलाउने निर्णय भइसकेको दाबी गरेका छन् ।

‘काठमाडौंको ठमेल र पोखराको लेकसाइडलाई २४ सै घण्टा खुलाउने निर्णय मैले गरिसकेको छु, ब्यवसायीहरुलाई पहलकदमी लिएर त्यतातिर अगाडि बढ्नको लागि म अनुरोध गर्दछु,’ बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममका उनले भने, ‘त्यसका लागि सुरक्षाको ब्यवस्था सम्वन्धित प्रशासनले मिलाउने ब्यवस्था गरिएको छ ।’

पर्यटन विकाससँगै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment