Comments Add Comment

वृज सिमेन्टले गर्यो शरद भेष्वाकरलाई सम्मान


५ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका क्याप्टेन तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शरद भेष्वाकरलाई वृज सुपर प्र्रिमियम ओ.पि.सि सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा योगदान दिएको र हालै नायिका निशा अधिकारीसँग बैवाहिक जीवनमा बाँधिएकोमा वृज सिमेन्टले बधाई तथा सम्मान दिएको छ ।

कम्पनीका अध्यक्ष ताराचन्द केडिया एवं प्रबन्ध निर्देशक मनोज केडियाले बधाई दिदै सम्मान गरेका हुन् । वृज सिमेन्टले नेपालको विश्वकप खेल्ने अवसरमा योगदान दिएको भन्दै भेष्वाकर देशको एक जल्दोबल्दो उर्जा रहेको व्यक्तिको रुपमा वृज सिमेन्ट प्रसंशा गरेको छ ।

कम्पनीले शरद जस्ता युवा लगायत समग्र खेल जगतलाई उच्च स्थान दिएर खेलको क्षेत्रमा अझ डटेर लाग्न हौसला र प्रेरणा प्रदान गर्ने प्रयास गरिरहेको बताएको छ ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गतको एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) दुवै किसिमका सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment