Comments Add Comment

काठमाडौंमा इक्यान शैक्षिक मेला, पहिलो दिनमै उत्साहजनक सहभागिता (फोटोफिचर)

नेपाललाई नयाँ शैक्षिक हबका बनाउमा जोड

५ साउन, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा ११औं इक्यान शैक्षिक मेला बिहीबारबाट सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाली राजदुत डव्लु एस परेराले गरिन् ।

उद्घाटनपछि शुभकामना ब्यक्त गर्दै श्रीलंकाको राजदूत परेराले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा इक्यानको जिम्मेवार भूमिका प्रसंशनीय भएको धारणा ब्यक्त गरिन् ।

विदेशका कलेज तथा विश्वविद्यालयका शिक्षाका राम्रा स्वरुपहरु नेपालमा पनि लागू गराउनेतर्फ पहल गर्न उनले इक्यानसँग आग्रह गरे । कार्यक्रममा ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले उच्च शिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको धारणा राखे ।

नेपालभित्र प्रर्याप्त अवसर सिर्जना हुन नसकेको कारणले नेपाली विद्यार्थीहरु बाहिरिन बाध्य भएको पाण्डेले बताए ।
सरकार र शिक्षा क्षेत्रका लगानीकर्ताहरुले नेपालमै अन्तर्राष्ट्रिय स्तरको ब्यवहारोपयोगी शिक्षा उपलब्ध गराए आफूहरु लाखौं विदेशी विद्यार्थी नेपाल भित्र्याउन तयार रहेको उनले जानकारी दिए ।

मेलालाई शुभकामना दिँदै नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरले मेलाको सफल आयोजनाले नेपालीहरु जस्तोसुकै विपद्मा पनि फेरि अघि बढ्न सक्छन् भन्ने सन्देश दिएको बताए ।


अभिभावक संघ नेपालका उपाध्यक्ष सुवास भण्डारीले नेपाललाई नयाँ शैक्षिक गन्तब्यका रुपमा विकास गर्नेतर्फ मेलाले नयाँ सोंच विकास गरेको प्रतिक्रिया दिए ।

कार्यक्रममा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अधिकृत तारानाथ निरौलाले शैक्षिक परामर्शदाताहरुको ब्यवसायिक समस्या सम्बोधन गर्न मिलेर जाने प्रतिबद्धता ब्यक्त गरे ।

बि्रटिश काउन्सिलका विजनेज डेभलप्मेन्ट हेड विक्रन्त गुरूङले शैक्षिक मेलाले सही सूचना मार्फत विद्यार्थीलाई आफूलाई उपयुक्त कलेज वा विश्वविद्यालयको छनोटमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।

मेलामा भारत ,चीन, बंगलादेश, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालय एवं इक्यान आबद्ध शैक्षिक परामर्शदाताहरुका दुई सय पचासभन्दा बढी स्टल राखिएका छन् ।


उच्च शिक्षा अध्ययनका लागि संसारका विभिन्न मुलुकमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई एकै थलोबाट विभिन्न देशका शिक्षा निती, भिसा निती, इन्ट्री रिक्वारमेन्ट, छात्रवृत्ति तथा सम्पूर्ण आवश्यक सूचना एवं जानकारी दिने उद्देश्यका साथ आयोजित मेलाको पहिलो दिन करीब २० हजार विद्यार्थी तथा अभिभावकहरुले मेला अवलोकन गरेको इक्यान सचिव तथा सूचना र सन्चार विभाग प्रमुख उमेश ढुंगेलले बताए ।

मेलामा पहलिो दिनमै उत्साहजनक सहभागित देखिएको छ । मेलामा १७ वटा पेभिलियन छन् ।  मेला १ लाख ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको इक्यानको उपाध्यक्ष विष्णुहरि पाण्डले बताए ।

अरिना इन्टरनेशनल एजुकेसन् सर्भिसेज , बाबा एजुकेशन कन्सल्टेन्सी , कङ्गारु एजुकेशन फाउन्डेसन् , गोल्डेन गेट इन्टरनेशनल एजुकेसन् , फास्ट ट्रयाक एजुकेशन् कन्सल्टेनसी र इन्लाइटिन इन्टरनेशनल एजुकेसन  यो मेलाको स्पोन्सरका रुपमा  रहेका छन् ।  अनलाइनखबर डटकम मेलाको मिडिया पार्टनरका रुपमा रहेको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment