Comments Add Comment

पूर्वराजा भेट्न कमल थापा नर्भिक अस्पतालमा

५ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । बुधबारदेखि जारी राप्रपाको दोस्रो दिनको बैठक सकेर अध्यक्ष थापा पूर्वराजालाई भेट्न बिहीबार अपरान्ह नर्भिक अस्पतालमा पुगेका थिए ।

मुटुमा समस्या देखिएपछि पूर्वराजा बुधबारदेखि नर्भिक अस्पताल भर्ना भएका छन् ।

राप्रपा अध्यक्ष थापाले पूर्वराजालाई भेटेर स्वास्थ्यलाभको कामना गरेको राप्रपा नेता राजाराम बर्तौलाले अनलाइनखबरलाई जानकारी दिए ।

थापाले अस्पतालमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । थापा र शाहवीचको भेटघाटको तस्वीर लिन खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment