Comments Add Comment

‘ईक्यान कास्की एजुकेसनल फेयर’ साउन तेश्रो साता

५ साउन, पोखरा । नेपाल शैक्षिक परामर्श संघ ईक्यान कास्कीले साउनको तेश्रो साता ‘ईक्यान कास्की एजुकेसनल फेयर’ आयोजना गर्ने भएको छ । ईक्यान कास्कीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी साउनको २७, २८ र २९ गते पोखरा सभागृहमा ‘ईक्यान कास्की एजुकेसनल फेयर’को पाचौं संस्करण गर्ने जानकारी दिएको हो । यसअघि यो मेला पुस-माघमा हुने गर्दथ्यो ।

दश जोड दुई कक्षाको अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै अघिल्लो मेला सकिएको ७ महिना नबित्दै ईक्यान कास्कीले अर्को मेला आयोजना गर्न लागेको हो । पुस-माघको समय विद्यार्थीका लागि उपयुक्त नभएको महशुस भएकाले साउनमा गर्न लागिएको ईक्यान कास्कीले जनाएको छ ।

बैदेशिक अध्ययन परामर्श सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना हुने एजुकेसनल फेयरमा शैक्षिक परामर्श ब्यबसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्टे्रलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका प्रतिनीधिहरुको सहभागिता रहने कार्यक्रम संयोजक रमेशकुमार थापाले जानकारी दिए ।

मेलामा अध्ययनका लागि विदेश जाने वा बैदेशिक रोजगारीका लागि जान चाहनेहरु लाभान्वित हुने उनले बताए । उनका अनुसार मेलामा विदेशमा शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति, रहनसहन, वातावरण, समाज, सम्बन्धित कलेज तथा विश्वविद्यालय, लाग्ने शिक्षण शुल्क, स्वास्थ्य बिमा, अध्यागमन शुल्कलगायतका बारेमा पनि जानकारी गराईनेछ ।

मेलाको दश हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेला आयोजना गर्न करीब १० लाख खर्च हुने अनुमान गरिएको मेला संयोजक थापाले बताए । मेला सम्पन्न गर्नका लागि करीब १५ लाख संकलन गरेर त्यसबाट करीब ३ लाख बचत गर्ने र उक्त रकम गरिब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा सहयोग रकम प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment