५ साउन, चितवन । चितवनमा इनार सफा गर्न गएका एक जना ब्यक्तिको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नः २३ नयाँ वस्तीस्थित कुमारी टोलमा बिहीबार बिहान इनार सफा गर्न गएका ३६ बषर्ीय रामकुमार रानाको अक्सिजन नपुगेर मृत्यु भएको हो ।
स्थानीय सोमबहादुर ल्होको घरको इनार सफा गर्न राना ४० फिट तल गएका थिए ।
उनको शव दिनभर इनारभित्रै रहृयो । विपत्त व्यवस्थापन तामिल केन्द्र कुरीनटारबाट आएको सशस्त्र प्रहरीको टोलीले रानाको शव निकालेको छ ।