Comments Add Comment

विराटनगर जुट मिल पुनः सन्चालनको तयारी

५ साउन, विराटनगर । देशकै जेठो उद्योगको रुपमा स्थापना भएकोे विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ ।

जुट मिल सन्चालक समितिले साढे दुई वर्षदेखि वन्द अवस्थामा रहेको जुट मिल सानो आकारमा भएपनि सञ्चालन गर्ने तयारी गरेको हो ।

उसले पहिलो चरणमा १० टन प्रतिदिन जुट सामग्री उत्पादन गर्ने उद्देश्यका साथ मिल सञ्चालनको तयारी अघि बढाएको हो ।

मिल पूर्णरुपमा सन्चालनमा आएको खण्डमा दैनिक ४५ टन जुट सामग्री उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।

हाललाई आन्तरिक स्रोत मार्फत ३ करोड रुपैयाँ परिचालन गरी मिल सन्चालनमा ल्याउने तयारी भएको छ ।

आगामी मंसिर महिना भित्रै आंशिक रुपमा भएपनि जुट मिल सन्चालनमा आउने जुट मिल सन्चालक समितिका अध्यक्ष निलहरी काफ्लेले जानकारी दिए ।

मंसिरबाट जुटमिल सन्चालनका लागि आवश्यक ३३ केभिए विद्युत् प्रसारण लाइन जडानको प्रकृया अघि बढाइएको छ ।

मुख्यतय ३३ केभिए विद्युत् प्रसारण लाइन जडान नभएका कारण जुल मिल वन्द भएको थियो ।

‘३३ केभिए प्रसारण लाइन जडान गर्न असार २८ गते प्राधिकरणबाट अनुमति पाएका छौ अब ३३ केभीए प्रसारण लाइनलाई ११ केभीएमा वितरण गर्ने प्राविधिक तयारीमा जुटेका छौ,’ जुट मिल सन्चालक समितिका अध्यक्ष काफ्लेले भने,’त्यसपछिका दिनमा मेसिनको मेन्टिनेन्स सुरु हुन्छ ।’

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा ०७१ सालमा दाहालले जुटमिलको निरिक्षण गरी मिल सन्चालका लागि आवश्यक ३३ केभिए प्रसारण लाइन जडान गर्न भनेका थिए ।

प्रधानमन्त्री दाहालले भने पछि मिल सन्चालक समितिले प्राधिकरणको केन्द्रीय कार्यालयमा ३३ केभिए प्रसारण लाइन जडानका लागि निवेदन दिएको थियो ।

मिलमा यस अघि ११ केभिए प्रसारण लाइन मात्र जडान गरिएको थियो ।

काफलेले यही महिनादेखि सन्चालनमा आउने सक्ने खालका मेसिनको पहिचान गरी मेसिन मर्मतको कार्यपनि अघि बढाइने जानकारी दिए ।

अतिक्रमणको चपेटामा मिल

विराटनगर महानगरपालिका १६ स्थित रानीमा रहेको मिल पछिल्लो समय जग्गा अतिक्रमणको चपेटामा पर्दै आएको छ ।

मुलुककै जेठो मिलको सूचीमा रहेको विराटनगर जुट मिल कुल ६९ विगा जमिन रहेको छ ।

मिल रहेको हाताभित्र कुल ५५ विगाह रहेको छ । अहिले मिलको हाता भित्रको ५५ विघा क्षेत्रफल मध्ये करिव २५ विघा क्षेत्रफमा जमिन र त्यहाँ बनेकमा भौतिक संरचना सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ ।

२०६३ सालबाट सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र राजश्व तथा भन्सार सुरक्षा गुल्म बसेको छ ।

त्यसैगरी मिल हाता बाहिर रहेको करिव १५ विघा जमिन स्थानीयले अतिक्रमण गरी घर बनाएर वसेका छन् ।

मिल प्रसासनले अहिलेसम्म सशस्त्र प्रहरी र स्थानीयले गरेको जग्गा अतिक्रमण उठाउन समेत सकेको छैन ।

 

ऋणको भार

१९९३ मा भारतका उद्योगी राधाकृष्ण चमडियाले विराटनगर जुट मिलको स्थापना गरेका हुन् ।

तत्कालीन समयमा ६२ लाख ७० हजार ५ सय रुपैयाँ लागतमा मिल स्थापना गरिएको देखिन्छ ।

जुट मिल सन्चालनमा आउदा पूर्ण मुनाफा कमाएको देखिन्छ । मिल सन्चालनमा आएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती प्रकाशनमा १ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको उल्लेख छ । तर, आज यहासम्म मिल आइपुग्दा मिल ४ अर्व ऋणको भारमा छ ।

पटकपटक खुल्दै बन्द हुँदै आएको मिल सन्चालनका लागि बैंक वित्तिय संस्था एव सरकारको पनि ऋण दायित्व देखिएको छ ।

उद्योगको परिसरमा आˆनै विद्युत टर्बाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोडने रेल्वे यार्ड पनि रहेको छ ।

नेपाल बैंकसँग कुनै समय लिएको १ करोड ७५ लाख रुपैयाँ कर्जा ब्याजसहित अहिले १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी एनआइडीसी डेभलपमेन्ट बैंकसँग पनि कम्पनीले १० लाख ऋण लिएको थियो ।

यो कर्जा अहिले ब्याजसहित १ करोड ५७ लाख पुगेको छ । यता, कुनै समय उदयपुर सिमेन्टसँग पनि कम्पनीले ४५ लाख ऋण लिएको थियो ।

अहिले यो ८ करोड ७६ लाख पुगेको छ । त्यसैगरी मिल सन्चालका लागि भनेर कुनै वेला अर्थ मन्त्रालयवाट पनि ऋण लिएको देखिन्छ ।

उसले अर्थ मन्त्रालयवाट पटक पटक गरी १ अर्व १७ करोड ऋण लिएको देखिन्छ ।

अहिले अर्थ मन्त्रालयवाट लिएको ऋणको व्यभारमात्र १ अर्व ८० करोड पुगेको छ ।

उद्योग स्थापनाका क्रममा उद्योगको परिसरमा आफ्नै विद्युत टर्बाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोडने रेल्वे यार्ड पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment