Comments Add Comment

आजका पत्रिकामा फ्रन्टपेजः बन्यो निर्वाचन क्षेत्र निर्धारण आयोग

६ साउन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिकले बिहीबारको मन्त्रिपरिषद बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगको समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

यसका अलावा भारतको राष्ट्रपति पदमा रामनाथ कोविन्द निर्वाचित भएको समाचारलाई पनि सबैजसो राष्ट्रिय दैनिकले प्रमुख समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले निर्वाचन क्षेत्र निर्धारण आयोगका अलावा भूकम्पपछि पुनर्निर्माण थालिएको गोरखा दरवारको ठूलो तस्वीर प्रकाशन गरेको छ भने कर्मचारी स्थानीय तहमा जान नमानेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।

त्यस्तै नयाँ पत्रिका दैनिकले ‘९३ प्रतिशत भूकम्पपीडित तेस्रो बर्खामा पनि टहरामै’ शीर्षकमा मूख्य समाचार बनाएको छ ।

सिंहदरबारभित्र आइएनजिओको ९० अर्व शीर्षकमा आजको नागरिक दैनिकले मूख्य समाचार प्रकाशन गरेको छ ।

आजको अन्नपूर्ण पोष्टले करोडौं खर्चिएर भत्काइएका छाउ गोठहरु पुनः ठडिन थालेको समाचारलाई प्राथमिकता दिएको छ । पछिल्ला केहि अंकदेखि अन्नपूर्णले लगातार छाउ कुप्राथाबारेको खोज समाचार प्रकाशन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment