Comments Add Comment

मेचीनगरमा करेन्ट लागेर एकको मृत्यु

६ साउन, झापा । झापामा विहीबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका खहरेडाँगी बस्ने ४२ वर्षीय जय अली छन् ।

मेचीनगर-१०, धुलाबारीस्थित निन्दा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment