Comments Add Comment

जाभियर हर्नाण्डेज वेष्टहृयाममा अनुबन्धित

काठमाडौं । जर्मन क्लव बायर लिभरकसेनका मेक्सिकन फरवार्ड जाभियर हर्नाण्डेजलाई १६ मिलियन पाउण्डमा भित्र्याउन इंग्लिस क्लव वेष्ट हृयाम सहमत भएको छ ।

म्यान्चेस्टर युनाइटेडका पूर्व स्ट्राइकर २९ वर्षीय हर्नाण्डेज मेडिकल र ट्रान्सफर प्रक्रियालाई पूर्ण रुप दिन लण्डन जाँदैछन् ।

यसैबीच वेष्टहृयामले स्ट्रोक सिटीबाट अष्ट्रियाका फरवार्ड मार्को अर्नाउतोभिकलाई पनि अनुबन्ध गरेको छ । वेष्टहृयाम र स्ट्रोकबीच २४ मिलियन पाउण्डको सम्झौता भएको बताइएको छ ।

चिचारिटोको उपनामबाट चर्चित हर्नाण्डेजले गत मे मा मेक्सिकोका लागि ४७ अन्तर्राष्ट्रिय गोल गर्दै सबैभन्दा बढी गोल रेकर्ड बनाएका थिए ।

सन् २०१० मा म्यान्चेस्टर युनाइटेड आएका हर्नाण्डेजले क्लवका लागि १५६ खेल खेलेर ५९ गोल गरेका थिए । उनी २०१५ मा ७.३ मिलियन पाउण्डमा लिभरकसेन गएका हुन् । जर्मन क्लवका लागि उनले ७६ खेलमा ३९ गोल गरेका छन् ।

यता अष्ट्रियन स्ट्राइकर अर्नुटोभिकको स्ट्रोकसँगको चार वर्षे सम्झौता सकिन एक वर्ष बाँकी रहँदा वेष्टहृयाम आएका हुन् । उनले स्ट्रोकका लागि गत सिजन ३५ खेलमा ७ गोल गरेका थिए ।

वेष्टहृयामले गत मंगलबार मात्रै इंग्ल्याण्ड तथा म्यान्चेस्टर सिटीका गोलरक्षक जोय हार्टलाई अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment