Comments Add Comment

मनकारी पराजुली परिवारले दिए पोखरा बृद्धाश्रमलाई झण्डै ४ लाख

६ साउन, पोखरा । पोखरा गैह्रापाटन घर भई काठमाण्डौ बस्ने किशोर पराजुलीले आफ्नो बुबाको चौरासी पुजाको अवसरमा पोखरा बृद्धाश्रममा नगद ३ लाख ८४ हजार सहयोग गरेका छन् ।

उनले बुबा रुद्रमणि पराजुली र आमा स्व.कृष्णकुमारीको नामबाट अक्षयकोषमा रहने गरी छोरा किशोर पराजुली र बहुारी गीता पराजुलीको तर्फबाट ३ लाख रुपैयाँ र आफ्ना तर्फबाट मन्दिर निर्माणका लागि ८४ हजार सहयोग गरेका हुन् ।

विहीबार बृद्धाश्रम पुगेर पराजुलीले बृद्धाश्रमका प्रमुख संरक्षक बसन्तकेशव पराजुली, अध्यक्ष टिकाबहादुर भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । नगद हस्तान्तरण गर्दै पराजुलीले बृद्धाश्रमलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

बृद्धाश्रमका संस्थापक एवम् प्रमुख संरक्षक बसन्तकेशव पराजुलीले मन फुकाएर सहयोग गरेकामा पराजुलीसहित उनको परिवारलाई धन्यवाद दिए ।

बृद्धाश्रमका अध्यक्ष टिका बहादुर भण्डारीले सहयोगप्रति धन्यवाद दिदैं आगामी दिनमा पनि असहायः एवम् बेवारिसे ज्येष्ठ नागरिकका लागि सहयोगका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment