Comments Add Comment

वर्षायाम लागेसँगै राप्ती लोकमार्गको यात्रा सकस

६ साउन, सल्यान । वर्षा लागेसँगै राप्ती लोकमार्गको सल्यान-रुकुम सडक खण्डमा यात्रा गर्न निक्कै कठिन बनेको छ ।

वर्षा आउने वाढीले उर्लिएका खोलाहरु पार गर्न सवारीसाधानलाई गाह्रो हुने गरेको छ । साना सवारी साधनहरुमा त झन् यात्र गर्न असम्भव जस्तै छ ।

सल्यान-रुकुम सडकखण्डमा पर्ने विभिन्न खोलाहरुमा मोटरेवल पुल वन्न नसक्दा त्यस्तो समस्या वर्षेनी हुने गरेको छ ।

‘दाङबाट रुकुम पुग्दा ठूलै युद्ध जितेर आएजस्तो लाग्छ,’ रुकुम सानीभेरी गाउँपालिकाका पहलसिंह घर्तीले भने, ‘खोलाहरुको समस्या त त्यस्तै थियो, सडकका विभिन्न ठाउँमा पीच उप्किएर खाडल वनेका छन् ।’

सल्यानको अरिंग्यालेखोला, चाख्लीघाट खोला र थारमारे खोलामा सवारी साधनहरु जोखिम मोलेर वारपार गरिरहेका छन् । ती खोलामा मोटरेवल पुल वनिरहे पनि निर्माण कार्य निक्कै सुस्त छ ।

त्यस्तै सडक खण्ड अन्तरगत रुकुमको सिम्रुतु खोलामा पनि सवारी साधनहरु जोखिम मोलेर वारपार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment