Comments Add Comment

कसरी, किन र कसलाई हुन्छ हेपटाइटिस-‘सि’

यस्तो छ लक्षण र उपचार विधी

कलेजो सम्बन्धी रोग हो, हेपाटाइटीस ‘सी’ । जब हेपटाइटिस सिको संक्रमण हुन्छ, त्यसले कलेजोमा क्षति पुर्‍याउँछ । तर, सुरुवती अवस्थामा यसको लक्षण थाहा पाउन सकिदैन । त्यही कारण समस्या जटिल भएपछि मात्र उपचार थाल्नुपर्ने वाध्यता हुनसक्छ । जब हाम्रो कलेजो कमजोर हुन्छ, हेपटाइटिस सिको भय हुन्छ । यो अनेक कारणले हुनसक्छ । त्यसका कारण थाहा पाउने हो भने, बेलामै सर्तक हुन सकिन्छ ।

किन हुन्छ ?

१. अत्याधिक तेल भएको, मसालायुक्त खाना सेवन गर्दा कलेजोले पचाउन सक्दैन । अमिलो , पिरो तथा मसलेदार खाना, बेसन तथा मैदायुक्त तथा बनस्पती घिउ सेवन गर्दा त्यसलो पाचन यन्त्रमा अतिरिक्त भार थप्त । यसले कलेजोको कार्यक्षमता कमजोर बनाउँछ ।

२. हामीले खाने कतिपय खानेकुरा यस्ता हुन्छन्, जसलाई पचाउन धेरै समय लाग्छ । यसरी पचाउनै गाह्रो हुने खानेकुराले पनि कलेजोमा असर गर्छ ।

३. धुमपान, मदिरा, मासुजन्य भोजन कलेजोका लागि अनुकुल हुँदैन । यसले कलेजोको कार्य क्षमतामा असर गर्छ । कलेजो सुन्निनुको एउटा कारण पनि हो यो ।

४. हामीले सेवन गरेको औषधी सोझै कलेजोले पचाउनुपर्ने हुन्छ । यदि हामी धेरै औषधी सेवन गर्छौ भने त्यसले कलेजोलाई अतिरिक्त भार पर्न जान्छ । जसले कलेजोलाई कमजोर बनाउँछ ।

कसरी थाहा पाउने ?

१. भोक कम लाग्नु वा खान मन नलाग्नु

२. सामान्य अवस्थामा पनि थकान महसुस हुनु

३. पेट दुख्नु

४. अनुहार पहेलो हुनु

५. हल्का ज्वरो आउनु तथा जिउ चिलाउनु

रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाइटीस सी भए , नभएको थाहा पाउन सकिन्छ । यदी हेपाटाइटिस भएको थाहा भएमा चिकित्सकसित परामर्श आवश्यक छ ।

के हुन्छ असर ?

हेपाटाइटीस सीको समयमै उपचार नगरेको खण्डमा यसले मानिसलाई दीर्घकालीन असर पुर्‍याउन सक्दछ । हेपाटाइटीस सी भएका मध्य करिब ७५ देखि ८५ प्रतिशत मानिसलाई कडा प्रकारको संक्रमण हुने गर्छ । जसले कलेजो खराब गर्ने मात्र नभई कलेजोको क्यान्सर, लिभर सिरोसिस समेत हुनसक्छ । जसले गर्दा मानिसलाई कलेजो प्रत्यापोपण गर्नु पर्ने अवस्था समेत सिर्जना हुनसक्छ ।

के छ उपचार विधी ?

हेपाटाइटीस ‘सी’को उपचार विभिन्न तरीकाबाट गर्न सक्छ । घरेलु उपचारद्धारा पनि यसको निदान खोज्न सकिन्छ ।

१. तुलसीको पत्ताको पेस्ट बनाएर यसलाई उखुको जुससित खान दिएमा पनि फाइदा हुन्छ । यसको लागि विरामीले १५ देखि २० दिनसम्म यो जुसको सेवन गर्न आवश्यक छ ।

२. महको साथमा थोरै कपुर मिसाएर खानु पनि यस्ता विरामीको लागि फाइदाजनक छ । तर त्यसको लागि कपुको मात्रा निकै थोरै हुनुपर्छ ।

३. हरियो धनियालाई मसिनो काटेर त्यसमा ८-१० तुलसीको पत्ता मिसाएर करिब चार लिटर पानीमा यसलाई उमाल्नुस् । यसलाई तबसम्म उमाल्नुपर्छ, जबसम्म उक्त पानी एक लिटर बराबर हँुदैन । अब उक्त घोललाई चिसो बनाएर दिनमा २-३ पटक यसकेा सेवन गर्नुहोस् ।

४. आफ्नो खानामा कागती, अलैची, बदाम, किशमिस, अमला , पालुुंगो, टमाटरबाहेक अन्य कुरालाई समावेश गरौ ।

५. सकिन्छ भने केही दिन सिर्फ फलफुल तथा ज्यादा मात्रामा पानीको सेवन गरौ ।

६. तुलसीको पत्तालाई पिनेर मुलाको रससित खानाले पनि फाइदा हुुन्छ ।

७. फास्टफुड तथा जंक फुडबाट टाढै बसौ ।

८. बच्चालाई हेपाटाइटीसबाट बचाउन विभिन्न खोप लगाउन सकिन्छ ।

९. हेपाइटिस संक्रमित सुई, औजार, लगायतको प्रयोगले अर्को व्यक्तिलाई समेत संक्रमित गर्न सक्ने हुदाँ यसबारे विशेष सजग रहन आवश्यक छ ।

१०. त्यस्तै, संक्रमित व्यक्तिसित नजिक बस्दा, उसले प्रयोग गरेको खानेकुरा खादाँ वा उसले प्रयोग गरेको सामान चलाउदा विशेष सजगता अपनाउन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment