Comments Add Comment

नेपालद्वारा सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत

६ साउन, काठमाडौं । आईसीसी यू-१९ विश्पकप छनोटमा नेपालले सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो ।

नेपालको सुरुवात खासै राम्रो हुन सकेन । २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले थप १२ रन जोड्दा प्रनिथ थापामगर ८ रन जोडेर आउट भए । आशिफ शेख पनि ७ रनमै आउट भए ।

चौथो नम्बर ब्याटिङमा आएका दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनारले ३५ रनको साझेदारी गरे सन्दिप २६ रनमा आउट भए । लगातार ३ खेलमा चल्न नसकेका उनले शुक्रबार सिंगापुरविरुद्ध भने ५५ बलमा २ चौका र १ छक्का हानेका थिए ।

पाँचौं विकेटका लागि दिपेन्द्र र रोहितकुमारले ४१ रनको साझेदारी गरे । रोहित १५ रनमा आउट भए । पवन सरार्फ मात्र २ रनमा आउट भए । सातौं विकेटका लागि प्रकाश केसीसँग १६ रनको साझेदारी गरेका ऐरी अर्धशतक बनाएर बाहिरिए । ८३ बलको सामना गरेका उनले २ चौका र २ छक्काको मदतमा ५४ रन बनाए ।

थप २४ रन जोड्दा नेपाल अलआउट भयो । प्रकाशले २३ रन बनाए भने सन्दिप लामिछोनेल ५ र ललित राजवंशीले १ रन बनाए । किशोर महतो १ रनमा नटआउट रहे ।
सिंगापुरका बीबी विक्रमले ३ विकेट लिँदा आहान गोपीनाथ आचार र आर्यमन सुनिलले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment