Comments Add Comment

ओप्पोको ‘एफथ्री ब्ल्याक’ अब लिमिटेड एडिसनमा

काठमाडौं । विश्वको चौथो ठूलो स्मार्टफोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिसनलाई लिमिटेड एडिसनमा परिणत गर्ने घोषणा गरेको छ ।

३२ हजार ९ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको एफथ्री ब्ल्याक एडिसनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ताप्रति कृतज्ञता स्वरुप लिमिटेड एडिसनका रुपमा घोषणा गरिएको हो ।

लिमिटेड एडिसनका रुपमा परिणत गर्न लागिएको एफथ्री सेल्फी मन पराउने यूवा पुस्तामाझ विशेष लोकप्रिय छ ।

नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गरिसकेको छ ।

एकपछि अर्को सेल्फी केन्द्रीय क्यामेरा फोन सार्वजनिक गरिरहेको ओप्पोका उत्पादन विशेषगरी सेल्फी मन पराउने युवा पुस्ता माझ अत्यधिक लोकप्रिय छ ।

नेपाली बजारमा सार्वजनिक गरिएका क्यामेरा फोन मध्ये केही समय अगाडि मात्र सार्वजनिक गरिएको ओप्पो एफथ्रीले बिक्रि संख्याका आधारमा उल्लेखनीय सफलता हात पारेको छ ।

यो सफलताका लागि आफ्ना उपभोक्ताप्रति कृतज्ञता स्वरुप कम्पनीले एफथ्री ब्ल्याक एडिसनलाई लिमिटेड एडिसनमा परिणत गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार एफथ्री ब्ल्याकलाई लिमिटेड एडिसनका रुपमा लैजान अब उप्रान्त फोनको उत्पादन बन्द गरिनेछ । फोनको उपलब्धता स्टक रहुन्जेल मात्र सिमित हुनेछ ।

ब्ल्याक एफथ्रीलाई लिमिटेड एडिसनका रुपमा लाने घोषणा गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ”ओप्पोको एफथ्री ब्ल्याक एडिसनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत प्रतिक्रियाले हामीलाई निकै उत्साहित तुल्याएको छ । ब्राण्डप्रति उपभोक्ताले दर्शाएको माया तथा सहयोगका लागि हामी कृतज्ञ छौँ । हाम्रा समस्त उपभोक्ताप्रति कृतज्ञता स्वरुप हामी एफथ्रीको ब्ल्याक एडिसनलाई लिमिटेड एडिसनमा लाने घोषणा गछौैं ।”

विशेषगरी मध्यम बर्गिय बजार लक्षित ओप्पो एफथ्रीको ब्ल्याक लिमिटेड एडिसनमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधी, डुअल फ्रण्ट क्यामेरा, फास्ट चार्जिङ प्रविधी लगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।

पहिले गोल्ड कलरमा सार्वजनिक गरिएको ओप्पो एफथ्रीलाईर् उपभोक्ताको माग अनुरुप कम्पनीले कालो रंगमा प्रस्तुत गरेको हो ।

डुअल फ्रण्ट फेसिङ क्यामेरा ‘एउटा सेल्फी र अर्को गु्रप सेल्फीका लागि ‘का साथ सार्वजनिक गरिएको उक्त फोनले सेल्फी एक्स्पर्टका रुपमा सिमित ब्राण्डको परिचयलाई थप विस्तारित गरी गु्रप सेल्फीमा पनि अग्रणी प्रमाणित गरेको छ ।

डुअल सेल्फी क्यामेरासहितको ओप्पो एफथ्रीमा १/३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधीसहितको १३ मेगापिक्सेल क्षमता भएको रियर क्यामेरा जडान गरिएको छ ।

कलर ओएस (सञ्चालन प्रणाली ३.०)मा आधारित ओक्टा कोर प्रोशेसर सहितको फोनमा ४ जीबी र्‍याम र ६४ जीबी रोमको ब्यवस्था छ । यसले फोनलाई तीब्र गतिको कार्य क्षमता प्रदर्शनीमा उल्लेख्य सहयोग पुर्‍याउँछ ।

फोनमा एकै पटक दुईवटा सिम र १ माइक्रो एसडी कार्डको एकै साथ प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ टि्रपल स्लोट ट्रेको ब्यवस्था पनि रहेको छ ।

फोनका प्रयोगकर्ताले यसको प्रयोग निरन्तर लामो समयसम्म गर्न सकुन् भन्ने सोचका साथ एफथ्रीमा ३ हजार २ सय एमएएच क्षमतासहितको शक्तिशाली ब्याट्री जडान गरिएको छ ।

प्रत्यक्ष प्रयोग मार्फत गरिएको साइमुलेशन टेष्ट -परीक्षण)मा फोनको ब्याट्रीले लगातार १५ घण्टासम्म काम गरेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment