Comments Add Comment

चाबहिल-साँखु सडक व्यवस्थित गर्न जनप्रतिनिधि सक्रिय

६ साउन , काठमाडौं। चाबहिल–साँखु सडक खण्डको दुरवस्था फेर्नुपर्नेमा सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सरोकार भएका सरकारी निकायका प्रतिनिधिले जोड दिएका छन् ।

छलफलमा सांसद रामेश्वर फुयाँलले हालको ठेक्काको ठाउँमा अर्को वैकल्पिक व्यवस्था गरेर भए पनि सडक सुधारको काम गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा सबै जनप्रतिनिधिले तत्कालै अस्थायी समाधान निकाल्न आग्रह गर्नुभयो । सडक आयोजनाले समेत विस्तारित भई पक्की सडकको काम सकिन अझै कम्तमिा दुई वर्ष लाग्ने बताएकाले अस्थायी समाधान निकाल्नैपर्ने बाध्यतामा उनीहरुले जोड दिए ।

छलफलमा सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा र उपप्रमुख विन्दु सिंखडा, शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ र विभिन्न वडाका वडाध्यक्ष, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, विद्युत्, टेलिकमलगायत विभिन्न कार्यालयका प्रतिनिधि र स्थानीय सरोकार भएकाहरुको सहभागिता रह्यो ।

सो सडकमा सवारी आवागमन र हिँडडुल गर्न ठूलो समस्या उत्पन्न भएको, महिनौँ भएको, एम्बुलेन्ससमेत सहज रुपमा चल्न नसक्ने गरी सडक बिग्रिएको, धेरै ठाउँमा ठूला खाल्डो परेको, पानी परेका बेला सडक चल्नै नसक्ने भएको, घण्टौँसम्म सडक चापमा परेको तथा विद्यार्थी समयमा विद्यालय र कर्मचारी कार्यालय जान नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment